Skip to main content

मुलुकभर ६९ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रमका साथ मनाइरहदा काठमाण्डौंमा गैरसरकारी संस्था महासंघ नेपालको संयोजकत्वमा तथा सम्पूर्ण नागरिक संगठनहरुको अगुवाइमा भव्य र्यालीको आयोजना गरिएको छ ।  
हाम्रा अधिकारहरु, हाम्रो स्वतन्त्रताहरु सधैभरी भन्ने अन्तराष्र्टि«य नारा तथा विकास सम्वृद्धिको आधार, महिला र युवाका लागि समान अधिकार भन्ने राष्ट्रिय नाराका साथ ६९ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रमहरुको आयोजना गर्दे भव्यताका साथ सम्पन्न गरिएको हो । यसै शिलसिलामा गैरसरकारी संस्था महासंघ नेपालको तत्वाधानमा काठमाण्डौको भद्रकालीबाट सुरु भइ शहिदगेट, नयाँसडक हुदै शान्ति वाटिका सम्म मानव अधिकार र्यालीको आयोजना गरिएको थियो । उक्त र्यालीमा राष्ट्रिय मानव अधिकार आयोग लगाएत गैरसरकारी संस्थाहरु, महासंघहरु, विभिन्न नेटवर्क तथा सञ्जालहरु, सामाजिक अभियन्ता, नागरिक समाजका अगुवा तथा सदश्यहरु,गैससहरु, बुद्धिजिवि तथा विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तिहरु लगाएत आम सर्वसाधारणको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रमको अन्तिममा काठमाण्डौंको रत्नपार्क स्थित शान्ति वाटिकामा पुगी कोणसभाको परिणत भएको र्यालीमा मानव अधिकारकर्मी तथा विभिन्न संघ संस्थासंग आवद्ध अग्रज व्यक्तित्व तथा अभियन्ताहरुले मानव अधिकारको अपरिहार्यता र यसको वर्तमान सान्दर्भिकताका बारेमा मन्तव्य राख्नु भएको थियो । यसरी मन्तव्य राख्नेहरुमा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदी, मानव अधिकारकर्मी कपिल श्रेष्ठ, शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशि महिला सञ्जाल संकल्पकी अध्यक्ष लिलि थापा, गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष गोपाल लम्साल र राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुप राज शर्मा मुख्य वक्ताका रुपमा रहनु भएको थियो । कार्यक्रममा महिला हिंसा विरुद्धको अभियानलाई निरन्तरता दिदै सचेतनामुलक नाटक पनि प्रदर्शन गरिएको थियो ।