Skip to main content

 

गैरसरकारी संस्था महासंघ नेपालको आयोजनामा काठमाण्डौंमा नागरिक संस्थाहरुको सञ्चालन तथा कानूनी व्यवस्था सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भएको छ । 
मुलुकको परिवर्तित सन्दर्भमा राज्यका तिनै तहमा परिवर्तित सन्दर्भमा संविधानको भावना र मर्म अनुशार कार्यान्वयन तथा निर्माण भइरेका कानून र तिनीहरुमार्फत गैससहको सञ्चालनलाई कून ढंगले सम्बोधन गरीनुपर्दछ भन्ने बारेमा स्पष्ट पार्न तिनै तहका जन प्रतिनिहिरुसंग सामूहिक छलफल गर्न यस कार्यक्रमको आयोजना गरिएको हो ।
गैसस तथा नागरिक संघ संस्थाहरुलाई परिचालन तथा सञ्चालन गर्न कस्ता खाले कानूनको आवश्यकता पर्दछ भन्ने बारेमा तिनै तहका जनप्रतिनिधिहरुको राय सुझाव माग्न तथा नागरिक समाजका आवाजहरु सुनाउन यो कार्यक्रमको आयोजना गरिएको हो । गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्षले गैससहरुको मार्गचित्र तथा  स्थानका बारेमा सरकारका प्रतिनिधिहरुलाई गैससहरुको आवश्यकता, योगदान, भूमिका र जिम्वेवारीका बारेमा स्थानिय प्रतिनिधिहरुलाई जानकारी गराउनु भएको थियो । 
यसैगरी स्थानिय तहका प्रतिनिधिहरुले गैससहरुमा पनि केही परिमार्जन जरुरी भएको प्रतिक्रिया दिएका छन् । संघ संस्था नियन्त्रण गर्नु उपयुक्त होइन तर पारदर्सिता र विश्वसनीयता जरुरी भएकाले सरकारको रणनीति जरुरी रहेको बताएका छन् । सेवाको भावनाले खोलीएका संघ संस्थाहरुमा कर लगाइनु हुदैन तर गैससहरुभीत्र पनि केही कमजोरी रहेका देखीएमा सुद्धिकरण गरेर अघि बढ्नुपर्दछ सहभागी स्थानिय प्रतिनिधिहरुले वताए । परिवर्तित अबस्थामा जनतालाई सचेतना दिन, समाज विकासमा थप मद्धत गर्न तथा विकासमा थप सक्रिय भूमिका निर्वाह गर्ने कार्यमा गैससहरुको भूमिका अझ बढेको स्थानिय निकायका प्रतिनिधिहरुले प्रतिक्रिया दिनु भयो । आवश्यक मात्रामा अनुगमन र सहजीकरण दुवै रचनात्मक ढंगले प्रयोगमा ल्याउन आवश्यक रहेको स्थानिय प्रतिनिधिहरुको सुझाव थियो । कार्यक्रममा नागरिक संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुले  गैससहरु प्रति विकास साझेदारका रुपमा व्यवहार गर्दे सरकारको खुसी नेपाली र सम्बृद्ध नेपालको अभियानमा सार्थक भूमिका निर्वाह गर्ने वातावरण सृजना गर्दे गैससहरुको रचनात्मक भूमिकामा थप मजवुत पार्ने वातावरण तय गर्न सुझाव दिनु भएको थियो ।