Skip to main content


 

विश्वमा धनी र गरिब विचको बढ्दो खाडल र यसबाट धनीहरु दिन प्रतिदिन धनी हुने र गरिवहरु दिन प्रतिदिन झन गरिव हुदै जाने अवस्थामा रहेको अवस्थामा स्विट्जरल्याण्ड स्थित डावोस शहरमा यहि माघ ११ देखी १८ सम्म मनाइदै गरीएको विश्व आर्थिक मञ्चको वैठकलाई लक्ष्यित गर्दे ललितपुरको जावलाखेलमा पनि असमानता विरुद्धको सांकेतिक नागरिक अभियान सम्पन्न भएको छ ।

जावलाखेलमा सम्पन्न असमानता विरुद्धको नागरिक अभियान कार्यक्रममा साहित्यीक श्रष्टाहरुले कविता वाचन तथा चित्रकलाकारहरुबाट कार्टुन तथा विभिन्न सन्देशमुलक कलाहरु प्रस्तुत गरीएको थियो । उक्त कार्यक्रममा शताव्दी पुरुष तथा संस्कृतिविद सत्यमोहन जोशी प्रमुख आतिथीको रुपमा उपस्थित हुनु भएको थियो कार्यक्रममा करिव ५ सय नागरिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।