Skip to main content

गैर सरकारी संस्था महासंघ नेपालको केन्द्रीय कार्यसमितिको नियमित तेस्रो बैठक वैशाख २ गते काठमाडौँमा बसेको छ । बैठकमा महासंघको सातओटै प्रदेशका प्रादेशीक इन्चार्जहरूले आआफ्नो प्रदेशको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा केन्द्रीय कार्यसमितिका महासचिव राम प्रसाद सुवेदीले केन्द्रको प्रतिवेद प्रस्तुत गुर्नभएको थियो ।

महासंघको प्रगति विवरण र भावी कार्यनीतिमाथि छलफल गर्न बसेको बैठकले महासंघका प्राथमिक मुद्दाहरू, विकासमा नागरिक समाजको भूमिका र महासंघमा आवद्ध संघसंस्थाको क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल गरेको छ । बैठकले ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको मनोनित तीन सदस्यको रूपमा गोकुल सापकोटा, सञ्जय लम्साल र गोविन्द बहादुर शाहीलाई चयन गरेको छ ।