Skip to main content

गैरसरकारी संस्था महासंघ नेपालको आयोजनामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका नव निर्वाचीत पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिने उद्देश्यले ‘बधाई तथा शुभकामना आदान प्रदान साथै परिचयात्मक कार्यक्रम’ सम्पन्न भएको छ । कार्यक्रममा निर्णायक तहमा नागरिक संस्थाहरूको अर्थपूर्ण सहभागीता सुनिश्चित गर्न नेपालका नागरिक संस्थाहरूको साझा प्रतिवद्धता पत्र, २०७५ को प्रभावकारी कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो । 

कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष जितराम लामाले राष्ट्रिय अपाङ्ग महासंघ नेपालका नव निर्वाचीत पदाधिकारीहरूलाई खादा र अबिर लगाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । नेपालका नागरिक संस्थाहरूको साझा प्रतिवद्धता पत्र, २०७५ पढ्दै लामाले उक्त प्रतिवद्धता पत्रलाई गम्भीरताका साथ अवलम्बन गर्न उपस्थित सबैलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालकाका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएकाहरूको मुद्दालाई सम्बोधन गर्न गैसस महासंघसँगको सहकार्यको विकल्प नरहेको बताउनु भयो ।