Skip to main content

विगत केही दिनदेखि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा अविरल वर्षाका कारण भिषण बाढी, पहिरोका कारण ४३ जनाभन्दा बढी मानिसहरूले ज्यान गुमाउनु भएको, दर्जनौ अझै बेपत्ता, सयौँ घाइते हुनू, सम्पत्ति, बस्तुभाउ र खेतीपाती गुमाउनुका साथै घरवार बिहिन भएको यो राष्ट्रिय प्राकृतिक विपतको दुखद घडीमा ज्यान गुमाउने मृतकहरूप्रति गैसस महासंघ नेपाल भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेजनको शीध्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

यो दुखद् प्राकृतिक विपत्ति अझै केही दिन जारी रहने सम्भावना रहेकाले प्राकृतिक विपत्तिप्रति पूर्ण सजक रही जनधनको सुरक्षाको लागि चनाखो रहन सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक अपिल पनि गर्दछौँ । बाढी र पहिरोजस्तो प्राकृतिक विपत्तिले निम्त्याएको यो सङ्कट राष्ट्रकै सङ्कट हो । यो सङ्कटबाट पार पाउन आफ्नो सम्पूर्ण शक्ति, सामथ्र्य र श्रोतसाधन बाढी पीडितहरूको उद्धार, राहत र घाइतेको उपचारका साथै धनजनको सुरक्षाका लागि प्रभावकारी संयन्त्र बनाइ ध्यान केन्द्रित गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग जोडदार माग गर्दछौँ ।  देशभर र विदेशमा छरिएर रहेका सामाजिक तथा नागरिक संघसस्थाहरू साथै अन्तर्राष्ट्रिय संस्थाहरूलाई उद्धार, राहत र बाढी पीडितहरूको जीविकोपार्जनमा सहयोग पुर्याउन आ–आफ्नो ठाउँबाट जुट्न पनि हार्दिक अपिल गर्दछौँ ।
प्राकृतिक विपत्तिपछि फैलन सक्ने महामारी, झाडापखाला, रुघाखोकी, हैजा, जन्डिस, निमोनिया लगायतका सरुवारोगप्रति समयमै सजग रही तत्काल स्वास्थ्यकर्मी परिचालन गर्नुका साथै असुरक्षित खाना, पिउनेपानी र यथेस्ट खाद्यान्नको व्यवस्था मिलाउन समेत सरकारसँग माग गर्दछौँ ।
    
 अन्त्यमा, प्राकृतिक विपत्तिबाट पीडित देशभरका दिदीबहिनी दाजुभाइ तथा समस्त समुदायमा यस विपदको घडीमा  धैर्यताका साथ सङ्कटको सामना गर्न विशेष अनुरोध गर्दछौं ।