
श्री प्रदेश समितिका पदाधिकारी तथा सदस्यज्यूहरू
र जिल्ला शाखाका पदाधिकारी तथा सदस्यज्यूहरू,
गैसस महासंघ नेपाल ।
विषयः बाढी पीडितहरूको सहयोगका लागि जुट्न अनुरोध सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा विगत केही दिनदेखि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा अविरल वर्षाका कारण भिषण बाढी, पहिरोका कारण ५० जनाभन्दा बढी मानिसहरूले ज्यान गुमाउनु भएको, दर्जनौँ अझै बेपत्ता, सयौँ घाइते हुनू, सम्पत्ति, बस्तुभाउ र खेतीपाती गुमाउनुका साथै घरवार बिहिन भएको यो राष्ट्रिय प्राकृतिक विपतको दुखद घडीमा ज्यान गुमाउने मृतकहरूप्रति गैसस महासंघ नेपाल भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेजनको शीध्र स्वास्थ्यलाभको कामना गर्दछौँ । यस्तो अवस्थमा सतर्कता अपनाइ आफू सुरक्षित रहन सबैमा अनुरोध गरिन्छ ।
यो दुखद् घडीमा आआफ्नो क्षेत्रबाट उद्धार र राहत कार्यमा सक्रिय सहभागिता जनाउनु हुन अनुरोध गर्दै प्रदेश समिति तथा जिल्ला शाखाको बैठक राखी सो जिल्लामा सहयोगका लागि विभिन्न सामाजिक संस्थाहरू, आमा समूह तथा युवा क्लबहरूलाई सहयोगको आह्वान गर्दै नेतृत्वदायी भूमिका निभाउनु हुन अनुरोध गरिन्छ । जिल्ला शाखा मार्फत त्यस जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिको विवरण केन्द्रीय सचिवालयलाई जानकारी गराइदिनु हुन पनि अनुरोध गरिन्छ ।
राम प्रसाद सुवेदी
महासचिव