Skip to main content

कोरोना भाइरस (कोभिड१९) को महामारी विश्वव्यापी रूपमा फैलिरहेको र यसले जनजीवनमा पारेको गम्भीर असर प्रति गैरसरकारी संस्था महासंघ नेपाल नेपाली नागरिक संठनहरुलाई गम्भीर चिन्तित बनाएको संक्रमणलाई कम गर्न सरकारले देशव्यापीलकडाउनगर्दै चालेका कदम सो को पालना गर्दै घरमै बसिरहेका नेपाली जनताको धैर्यताको हामी प्रशंसा गर्न चाहन्छौं

 

यस संकटको स्थितिबाट मुलुक नागरिकलाई जोगाउन २४ सै घण्टा कर्मभूमिमा क्रियाशि सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीप्रति यो महासंघ उच्च सम्मान व्यक्त गर्न चाहन्छ।

 

कोरोना भाईरसको सन्त्रासका कारण निजी तथा केही सरकारी स्वास्थ्य संस्थाबाट कोरोना भाइरसको आशंका बाहेकका बिरामी समेतको उपचार हुन नसक्ने वातावरण देखिएको छ । साथै, नियमित अस्पतालको सेवा लिनुपर्ने दीर्घरोगीहरू यो अवस्थाबाट नराम्ररी प्रभावित हुनसक्ने सम्भावनालाई ध्यान दिंदै अत्यावश्यक स्वास्थ्य सेवा र औषधिको बितरणलाई सुचारु राख्न वा यसका लागि निश्चित स्वास्थ्य संस्था तोक्न सम्बन्धित सबैमा आग्रह गर्दछौं ।  गाउँ टोलमा रहेका औषधी पसल खोल्न र खोल्ने वातावरण बनाउन पनि जरुरी देखिएको छ ।

 

लकडाउनको अवधि पनि अनिश्चित बन्दै जाँदा दैनिक उपभोग्य सामग्रीको उत्पादन र आपुर्तिको व्यवस्थापन जटिल बन्न लागेको छ । असामान्य अवस्थाको अनुचित फाईदा उठाउँदै तरकारी र खाद्यान्नको मुल्य  वृद्दि  हुन नदिन पनि अनुगमन र कडा कारवाहीको व्यवस्था हुन अनिवार्य देखिएको छ । हिड्डुल गर्न नहुने अवस्थाबीच पनि अत्यावश्यक सामग्रीको सुलभ रुपमा उपलब्ध हुने वातावरण मिलाउन सरकार र निजी क्षेत्रलाई आग्रह गर्दछौं ।

 

लकडाउनको स्थितिबाट दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने, बिपन्न, भूमिहीन, गरिब र कमजोर परिवार नराम्ररी प्रभावित हुन लागेका छन् । तसर्थ, यस्ता कमजोर र संकटासन्न व्यक्तिको जीवन रक्षाका लागि बिशेष राहत प्याकेजको घोषणा गर्न सरकार र सरोकारवालाहरु सबैमा हार्दिक अपिल गर्दछौं ।

अन्य देशको अनुभवबाट समेत कोरोनाको नियन्त्रण गर्न बढि भन्दा बढि जाँच गरी संक्रमितहरुको पहिचान गरी उनीहरुलाई अलग्याई उपचार गर्नु बढि प्रभावकारी देखिएको हुँदा उच्च क्षमता सहितको जाँच केन्द्रहरु कम्तिमा पनि एक प्रदेशमा एक ठाउँ हुनेगरी व्यवस्था गर्न सरकारलाई अनुरोध गर्दछौं वश्य सबैखाले स्वास्थ्य सामाग्रीको जोहो समयमै गर्न पनि अनुरोध गर्दछौं

देशका विभिन्न नाकाहरूबाट मानिसहरू भित्रिरहेको अवस्थाले जोखिम बढाईरहेको भने अर्कोतर्फ उनीहरू सीमामा अलपत्र परेका समाचार पनि आईरहेका छन् यसबीच सन्तुलित रणनीतिको अवलम्वन गर्दै यसरी भित्रिने मानिसको स्वास्थ्य जाँच गर्न उनीहरुलाई विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तयार गरेको क्वारेन्टाइन आइसोलेशनको मापदण्ड अनुरुपका  क्वारेन्टाईनमा राख्ने तथा यसरी भित्रिने जबरजस्ती घुलमिल हुन खोज्ने व्यक्तिको पहिचान गर्दै स्थानीय सरकार समेतको समन्वयमा कडाईका साथ स्वयं क्वारेन्टाइनमा रहन सो को पालना गराउन समेत आग्रह गर्दछौं

 

कोरोना भाईरस (कोभिड - १९) नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको सहायता कोषलाई आवश्यकताको आधारमा प्रभावकारी रुपमा समयमा नै परिचालन गर्न आग्रह गर्दै पारदर्शिता जवाफदेहिता प्रति पनि सचेत रहन आव्हान गर्दछौ साथै बहुपक्षिय द्विपक्षीय विकास साझेदारहरु, दातृ निकायहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु तथा निजी क्षेत्र लगायत सम्पूर्ण सरोकारवाला निकायहरुलाई एकद्धार प्रणालीबाट सहयोग रकम परिचालन गर्न समेत आग्रह गर्दछौं

 

कोरोना भाईरस (कोभिड – १९) को नियन्त्रण, प्रभाव न्यूनीकरण र राहत कार्यमा सहयोग पुर्याउन र खासगरी अत्यावश्यक स्वास्थ्य सामग्रीको आपुर्तिमा सहयक स्वास्थ्य सामग्रीको आपुर्तिमा योग पुर्याउन अन्तरराष्ट्रिय समुदाय, दातृ निकाय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था र नागरिक संगठनलाई आह्वान गर्दछौं । यस कार्यमा उपरोक्त निकायसँग सहकार्य गर्न साथै तीनै तहका सरकार, दातृ निकाय र सरोकारवालाहरुसँग सहकार्य गर्न गैसस महासंघ नेपालका केन्द्र, प्रदेश र जिल्ला तहका संयन्त्रहरु तयार रहेको पनि जानकारी गराउन चाहन्छौं ।  नेपाल सरकारले कोभिड १९ को रोकथाम एवं नियन्त्रणका लागि चालेका कदम प्रति पुन ः ऐक्यवद्दता जनाउँदै यस चुनौतीपूर्ण घडीमा गैरसरकारी संस्था महासंघ नेपाल यसका सम्पुर्ण हजार संस्थाहरुको साथ रहेको विश्वास दिलाउन चाहन्छौं

 

अन्तमा, कोरोना भाईरस (कोभिड – १९) को संक्रमणलाई रोक्न सरकारले जारी गरेका निर्देशनको पालना गर्न, घरभित्रै रहन, हल्लाको पछि नलाग्न, धैर्य रहन तथा आफु र आफ्नो परिवारको मानसिक स्वास्थ्य समेतको ख्याल गर्न सबैमा आग्रह गर्दछौं ।

 

मिति २०७६|१२|१४ गते

 

Download PDF