självrisker i sjukförsäkringen http://sverigepiller.com/kop-cialis/ vattensäkert ws425w brunnsvatten testkit
गैसस महासंघको ११ औं बोर्ड बैठक सम्पन्न
web2
गैरसरकारी संस्था महासंघको केन्द्रीय कार्यसमितिको ११ औं पूर्ण वैठक २०७२ असार १३ गते काठमाडौमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष श्री शर्मीला कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न ९ वटा प्रस्ताव पारित समेत गरेको छ ।
महाविनाशकारी भुकम्प पश्चात् देशका प्रमुख राजनीतिक शक्तिहरु १६ बुँदे सम्झौता गरी हालसम्मका उपलब्धीहरुलाई संस्थागत गर्न अग्रता देखाउँदै गणतान्त्रिक नेपालको संविधान निर्माणको अन्तिम चरणमा प्रवेश गरेकोमा महासंघले त्यसको स्वागत गरेको छ ।
बैठकले राज्यलाई विनाशकारी भूकम्पबाट भएको क्षतिको वास्तविक विवरण तयार गर्न, प्रभावितहरुलाई पुर्नबासको प्रवन्ध गर्न र चरणबद्ध दिर्घकालिन पूर्ननिर्माणको योजना बनाई कार्यन्वयन गर्नका लागि ध्यानाकर्षण गराउँदै पुन निर्माणको प्रत्येक चरणमा सामाजिक संस्थाहरुको भूमिकालाई फराकिलो बनाउन र थप परिचालन गर्न समेत सरकारसँग आग्रह गरेको छ ।
साथै, बैठकले महाविपद्लाई उपयोग गर्दै केहि अन्तर्राष्ट्रिय गैससहरुले प्रचलित कानूनी प्रावधान र मूल्य मान्यतालाई निस्तेज गर्दै स्थानीय गैससहरुको भूमिकालाई ओझेलमा पारी स्थानीयस्तरमा परियोजना आफै संचालन गरिरहेको र अन्तर्राष्ट्रिय मूल्य मान्यता कानून विपरित प्रत्यक्ष देखिने गरी धार्मिक प्रचार गरिरहेकोमा त्यसप्रति गम्भिर ध्यानाकर्षण जनाउँदै प्रचलित अभ्यास र मूल्य मान्यता अनुसार पारदर्शी प्रक्रियालाई तत्कालबाट अवलम्बन गरी स्थानीय संस्थाहरुसँग सहकार्य र समन्वय गरी कार्यक्रमहरु तयार गर्न अन्तर्राष्ट्रिय गैससहरुलाई अनुरोध समेत गरेको छ ।
यसअघि बैठकले संस्थाका महासचिव श्री गोपाल लम्सालद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन तथा तथा श्री कोषाध्यक्ष कृष्ण गौतमले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको थियो । सो अवसरमा गैसस महासंघ नेपालका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल क्षेत्रीय इन्चार्ज श्री दीपेन्द्र कार्की, केन्द्रीय सदस्य तथा मध्यमाञ्चल क्षेत्रीय इन्चार्ज श्री लक्ष्मण रेग्मी, केन्द्रीय सदस्य तथा पश्मिाञ्चल क्षेत्रीय इन्चार्ज श्री रामप्रसाद सुवेदी, केन्द्रीय सदस्य तथा मध्यपश्चिमाञ्चल क्षेत्रीय इन्चार्ज श्री निम बहादुर नेपाली र केन्द्रीय सदस्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय इन्चार्ज श्री धर्मराज पाठकले क्षेत्रको संगठनात्मक गतिविधिबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बैठकले महाभूकम्पछि भएका कृयाकलापको समीक्षा, नेपालमा गैससहरुको जवाफदेहिता र सुशासन सबलिकरण परियोजनाका गतिविधीबारे समीक्षा तथा सामाजिक विकास ऐन लगायत अन्य अभियानबारे छलफलसमेत गरेको थियो ।

Add comment


Security code
Refresh