självrisker i sjukförsäkringen http://sverigepiller.com/kop-cialis/ vattensäkert ws425w brunnsvatten testkit
बृहत मानवअधिकार र्याली सम्पन्न

६७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा सातौँ मानवअधिकार राष्ट्रिय महाभेलाको अवसरमा गैरसरकारी संस्था महासंघको संयोजन तथा राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार महाभेला तथा नेपाल मानवअधिकार अायाेगको संयुक्त आयोजनामा बृहत मानवअधिकार र्याली काठमाडौँमा सम्पन्न भएको छ । संयुक्त राष्ट्रसङ्घले ६७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको मूल नारा Our Rights. Our Freedoms. Always." अर्थात “सदैव हाम्रो अधिकार, हाम्रो स्वतन्त्रता”, मानवअधिकार राष्ट्रिय महाभेला २०७२ अन्तर्गत “लोकतन्त्र मानवअधिकार र समावेशिताः राज्यको सबै क्षेत्र र तहमा महिला सहभागिता” भन्ने मूल नारा तथा राष्ट्रिय मानवअधिकार आयोगले तोकेको  “सबैैको लागि घर घरमा मानव अधिकार, शान्ति र विकासको आधार” भन्ने नाराका साथ उक्त  र्यालीको आयोजना गरिएको हो ।
र्यालीको उद्घाटन राष्ट्रिय मानवअधिकार आयोगका सम्माननीय अध्यक्ष श्री अनुपराज शर्माले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले प्रत्येक घरका प्रत्येक एकाईले मानवअधिकारको प्रत्याभूति गर्नसके मात्र मानवअधिकारको नारा सार्थक हुने र सबैको मानवअधिकार सुनिश्चित हुने बताउनु भयो ।


यसैगरी गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष गोपाल लम्सालले मानवअधिकार दिवसलाई केन्द्रमा मात्र सीमित नराखी देशका सबै ठाउँमा मनाउनका लागि गैरसरकारी संस्था महासंघ लागीपरिरहेको बताउनुभयो । सबै पक्षलाई मानवअधिकारको प्रत्याभूति दिनका लागि नै मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको र त्यसले बोकेका मान्यताहरुलाई व्यवहारमा लागु गर्न सकेमात्र साँचो अर्थमा मानवअधिकारको रक्षा हुने लम्सालको जोड रहेको थियो ।


कार्यक्रममा बोल्दै मानवअधिकार महाभेलाका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले अझैपनि मानवअधिकार र महिला अधिकारलाई बेग्ला बेग्लै रुपमा हेरिने गरेको र महिला अधिकारको सुनिश्चितता नभइकन पूर्ण मानवअधिकारको कल्पनासम्म गर्न नसकिने उल्लेख गर्नुभयो ।


कार्यक्रममा महिला दलित, मुस्लिम लगायत अग्रज मानवअधिकार रक्षकहरुले मानवअधिकार रक्षाको लागि नेपालमा अझै पनि विभिन्न चुनौतीहरु कायम नै रहेको र यी चुनौतीहरुलाई अवसरको रुपमा लिँदै सबैको मानवअधिकार सुनिश्चितता गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
भृकुटीमण्डपबाट शुरु भई शान्तिबाटिमा समापन भएको ¥यालीमा नेपाल प्रहरी, नेपाल आर्मी, शसष्त्र प्रहरी बल, विभिन्न क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधी, राष्ट्रिय मानवअधिकार आयोग लगायत ८०० भन्दा बढीको सहभागिता रहेको थियो ।

Add comment


Security code
Refresh