självrisker i sjukförsäkringen http://sverigepiller.com/kop-cialis/ vattensäkert ws425w brunnsvatten testkit
वहुपक्षीय राष्ट्रिय संम्वाद कार्यक्रम सम्पन्न

for_news

गत बैशाख १२ मा गएको विनकाशकारी भूकम्प र त्यसपछिका परकम्पले गर्दा ठूलो जन धनको क्षति भएको सन्दर्भमा सरकारले थालनी गरेको  प्रयासहरुमा गैरसरकारी संस्थाहरुको भूमिका कस्तो रह्यो र आगामि दिनमा अझै कसरी सक्रिय भूमिका निर्वाह गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्न काठमाण्डौमा वहुपक्षीय राष्ट्रिय संम्वाद कार्यक्रमको आयोजना गरिएको छ ।

 

पुनःनिर्माण प्राधिकरण सम्बन्धि ऐन समेत पारित भई प्राधिकरणले विधिवत रुपमा आफ्नो  कार्य प्रारम्भ गरिसकेको सम्बन्धमा गैससहरुले खेल्नु पर्ने भूमिकालाई थप प्रभावकारी बनाउन यस प्रकारको कार्यक्रमको आयोजना गरिएको गैसस महासंघका अध्यक्ष गोपाल लम्सालले जानकारी दिनु भयो । उहाँले महासंघले गैससहरु परिचालन र समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको प्रसंगलाई औल्याउदै आगामी दिनमा पुननिर्माण प्राधिकरणसँग पनि सहकार्य गर्दै सक्रिय भूमिका निर्वाह गर्न सक्ने हुँदा त्यसका लागि मार्ग प्रसस्त गर्न यसप्रकारको वहुपक्षीय छलफल कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । लम्सालले भूकम्पबाट अति प्रभावित १४ वटा जिल्लाहरुमा गैससहरुले प्रभावकारी ढंगबाट काम गरेको प्रसंगलाई स्मरण गर्दे उनीहरुको भूमिकालाई आगामी दिनमा झन समन्वयकारी बनाउन प्राधिकरणलाइ सुझाव दिनु भयो ।

 

कार्यक्रममा बिनासकारी भूकम्पबाट सबैभन्दा बढि प्रभावित  गोर्खा, सिन्धुपाल्चोक, नुवाकोट , र धादिङ लगाएतका जिल्लामा कार्यरत गैससका प्रतिनिधिहरुले ती जिल्लाहरुमा बिनासकारी भूकम्पले पुर्याएको क्षति, गैससहरुको भूमिका र वर्तमान अवस्थाका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँहरुले सरकारले राहत वितरणले ब्यबस्थित हुन नसेका कारण वास्तविक भूकम्प पिडितहरु मर्कामा परिरहेको यथार्थलाई प्रस्ट पार्नु भएको थियो । सक्रिय समुदाय भएको क्षेत्रमा भने राहत वितरण कार्य  प्रभावकारी देखिएको केही गैसस सदस्यहरुको अनुभव  थियो ।

 

यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणका सदस्य धुर्ब प्रसाद शर्माले गैसरकारी संस्थाहरुसँग सहकार्य गरेर प्राधिकरण अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्राधिकरण ऐनको मातहतमा रहेर सबै क्षेत्रलाई समेटर पुनर्निमाणको अभियानलाई पूरा गर्ने लक्ष्य राखिएको जानकारी दिनु भयो । शर्माले प्राधिकरणको पहिलो प्राथमिकतामा भूकम्प प्रभावित १४ जिल्लाहरु रहेको स्पष्ट पार्नु भयो । शर्माले प्राधिकरणको कार्यलाई छरितोढंगबाट अगाडि बढाउन कार्यविधि संसोधन गर्न लागेको जानकारी गराउनु भयो । प्राधिकरण निष्पक्ष, जवाफदेही र भ्रष्टाचारमुक्त रहनेमा शंका नगर्न शर्माले सरोकारवालाहरुलाई विश्वास गर्न  आग्रह गर्नु भयो ।

 

यसैगरी राष्ट्रिय पुननिर्माण प्राधिकरणको सल्लाहकार परिषद्की  सदस्य शर्मिला कार्कीले गैससहरुको सक्रिय भूमिकालाई मूर्त रुप दिनमा आफु सक्रिय रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।  उहाँले गैससहरुको भूमिकालाइ पुननिर्माण कार्यमा सक्रिय पार्न एक अलग्गै कार्यदल गठन गर्नु उपयुक्त हुने र उक्त कार्यदलले प्राधिकरणसँग निरन्तर समन्वय गरेर अगाडि बढ्न उपयुक्त हुने जानकारी दिनु भयो ।

 

कार्यक्रममा अन्तराष्ट्रिय दातृ निकायका प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरुले पनि आआफ्नो धारणा ब्यक्त गर्नु भएको थियो ।  उहाँहरुले छरितो मार्ग अपनाएर कार्यगर्न पुननिर्माण प्राधिकरणलाई सुझाब दिनु भएको थियो  ।  निष्पक्ष र न्यायिक ढंगबाट प्राधिकरणले कार्य गर्नसकेमा सफलता सहजै हात लाग्नेमा सरोकारवालाहरुले  विश्वास व्यक्त गरेका थिए । जनताप्रति जवाफदेही हुदै उनीहरुका गुनासा र समस्याहरुलाई तत्काल सम्बोधन हुने संयन्त्रको निर्माण गर्न अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुले जोड दिएका थिए ।

 

 

महासंघका केन्द्रीय अध्यक्ष श्री गोपाल लम्सालको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रमको स्वागत् वरिष्ठ उपाध्यक्ष श्री कृष्ण गौतमले गर्नु भएको थियो । गैरसरकारी संस्था महासंघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सरकारी निकायका पदाधिकारीहरु, पुनर्निर्माण प्राधिकरणका पदाधिकारी, दातृ निकायका प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरु र नागरिक समाजका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

 

 

Add comment


Security code
Refresh