självrisker i sjukförsäkringen http://sverigepiller.com/kop-cialis/ vattensäkert ws425w brunnsvatten testkit
नागरिक संगठनहरुको दीगो विकास भेला सम्पन्न
for_web
नेपालमा कार्यरत १० हजार भन्दा बढी नागरिक संगठनहरु, स्थानीय निकाय संघ, महासंघहरु र सामाजिक अभियन्ताहरुको नेतृत्व गर्दे आएका विभिन्न नागरिक संजाल एवं महासंघका प्रतिनिधिहरुबाट संयुक्त राष्ट्र संघको पहलमा विश्वमा दीगो विकास गर्ने उद्देश्यका साथ प्रस्तुत गरिएको दीगो विकास एजेण्डालाई स्वागत गरेका छन् ।
गैरसरकारी संस्था महासंघ नेपालको आयोजनामा आज काठमाण्डौमा सम्पन्न नागरिक संगठनहरुको भेलामा संयुक्त राष्ट्र संघको पहलमा विगत पााच बर्षदेखिको अथक प्रयास र सर्वपक्षीय संवादहरुको माध्यमबाट प्रस्ताव गरिएको नयाा अन्तर्राष्ट्रिय विकास एजेण्डामा निहित अन्तरबस्तुहरु सहश्राब्दी विकास लक्ष्य भन्दा प्रगतिशिल रहेको ठहर गरेका छन् । नागरिक संगठनका प्रतिनिधिहरुले दीगो विकास एजेण्डा धेरै हदसम्म सहभागितमुलक र समावेशी रहेको बताउदै दीगो विकास एजेण्डा प्रस्तुत गर्न संयुक्त राष्ट्र संघले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । आगामी २०३० सम्मको लागि दूरदृष्टि लक्ष्य प्रस्तुत गर्न, विकास लक्ष्यहरु निर्धारण गर्न, कार्यान्वयनको लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता ब्यक्त गर्न, साथै प्रगति समीक्षा र जवाफदेहितको लागि आवश्यक सिद्धान्तहरु तर्जुमा गर्न सफलता मिल्ने विश्वास लिइएको छ । 
प्रस्तावित सबै १७ वटा लक्ष्यहरु नेपालको लागि सान्दर्भिक रहेको जसमध्ये लक्ष्य १६ मा उल्लेखित बिषयहरु खासगरी शान्तिपूर्ण, समावेशी र न्यायपूर्ण समाजको निर्माण गर्ने, सबै तहमा सुशासन तथा विधिको शासन प्रबर्धन गर्ने बिषय निकै महत्वपूर्ण रहेको प्रति नागरिक संगठनहरुले खुसी ब्यक्त गरेका छन् । 
मानव अधिकार, मौलिक स्वतन्त्रता, कसैलाई पनि पछाडि नछाडने प्रतिबद्धताहरु जनकेन्द्रित एजेण्डाका रुपमा समेटिनुले आम जनतालाई हौसला प्रदान गरेको नागरिक समाजका प्रतिनिधिहरुको ठहर छ । नयाा विकास एजेण्डाले बिशेषगरी लैंगिक समानता, सम्मानजनक काम र सामाजिक सुरक्षा, अन्तरदेशीय र देश भित्र बिद्यमान असमानताको अन्तगर्ने, दीगो उत्पादन र दीगो उपभोग जस्ता नयाा बिषयहरुलाइ समेत समेटको छ । समग्रमा  दिगो विकास एजेण्डा २०३० प्रगतिशिल रहेको नागरिक संगठनहरुको निष्कर्ष रहेको छ । नेपालको सन्दर्भमा गरिबी र असमानता न्यूनीकरणको लागि त्यसका संरचनात्मक कारणहरु सम्बोधन गर्न सबै विकास साझेदारहरुलाई एक ठाउमा आउन आजको भेलाबाट आह्वान गरिएको छ ।
यसैगरी छुवाछुट, जातीय क्षेत्रीय लैंगिक विभेदहरु, रुढीवादी चिन्तन, उत्पादनका श्रोत साधन र अवसरहरुको असमान वितरण, शासन प्रक्रियामा असमान पहुाच र राजनैतिक जवाफदेहीताको कमी मुख्य कारक तत्वहरु हुन् । तसर्थ, दीगो विकास लक्ष्य हासिल गर्न उल्लेखित तथ्यहरुलाई गम्भिरताका साथ सम्बोधन गर्नु पर्नेमा सहकार्य गर्दे अघि बढ्नेमा सम्पूर्ण नागरिक संगठनहरुले ऐक्यबद्धता जनाएका छन् । 
दीगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक सहयोग पुर्‍याउन नागरिक संगठनहरुको साझा मञ्चको गठन गरिने आजको भेलाले प्रतिबद्धता ब्यक्त गरेको छ । यसका साथै राजनीतिक दलहरुसाग, सरकारसाग र अन्तराष्ट्रिय विकास साझेदारहरुसाग सहकार्य गर्दे संयुक्त राष्ट्र संघ समक्ष नेपालको सहज र न्यायोचित पहुाचको ग्यारेन्टी गर्न प्रतिबद्ध रहने साझा सहमति जनाइएको छ । सार्वभौम मुलुकका हैसियतले कुनै पनि खाले वैदेशिक हस्तक्षेप हुन नदिने र नेपालको विकासका मुद्दाहरुमा  विश्वव्यापी  पहुाचलाई सुनिश्चित गर्न लागि पर्ने नागरिक संगठनहरु सहमत भएका छन् । सार्थ, दीगो विकास लक्ष्यलाई प्रभावकारी कार्यान्वयनको लागि लागि पर्न नेपाल सरकारलाई आह्वान गरेको छ । आज गठन भएको नागरिक संगठनहरुको खुला मञ्चले  दिगो विकासका लागि एक औपचारिक घोषणापत्र जारी गरी अगाडि बढ्ने आजको भेलाले निष्कर्ष निकालेको छ । 

Add comment


Security code
Refresh