självrisker i sjukförsäkringen http://sverigepiller.com/kop-cialis/ vattensäkert ws425w brunnsvatten testkit
गैसस परिचालन कार्यविधि सम्बन्धमा वहुपक्षीय नीति संवाद सम्पन्न

 

multi_stake_holder

भूकम्प पश्चात पुर्ननिर्माण र पुर्नस्थापनाको लागि गैरसरकारी संस्था परिचालन सम्बन्धी कार्यविधि २०७२ स्वीकृत भई कार्यान्वयनमा आइसकेको सन्दर्भमा गैससहरुले खेल्नु पर्ने भूमिका कस्तो हुने र कसरी अगाडि बढ्ने भन्ने बारेमा वहुपक्षीय राष्ट्रिय नीति संवाद कार्यक्रम मंगलबार काठमाण्डौमा सम्पन्न भएको छ ।
गैरसरकारी संस्था महासंघ नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरुले आआफ्नो धारणा व्यक्त गरेका थिए ।  कार्यक्रममा पूर्व शिक्षा मन्त्री तथा व्यवस्थापिका संसदका सदस्य गंगालाल तुलाधरले पुनर्निमाण प्राधिकरणलाई निर्वाध रुपमा काम गर्न आग्रह भन्नु भयो । उहाँले जनताको पक्षमा गरिने कुनैपनि गतिविधिमा सबै राजनीतिक दलहरु  सहमत रहेको पनि स्पष्ट पार्नु भयो । यसैगरि भूकम्प प्रभावित जिल्लाका सांसदहरु पार्वत गुरुङ, गणेश पहाडी र शेरवहादुर तामाङले भूकम्प प्रभावित जिल्लामा गैरसरकारी संस्थाहरुले खेलेको भूमिकाको प्रशंंसा गर्दै आगामि दिनमा प्राधिकरणसँग सहकार्य गरेर अघि बढ्न गैससहरुलाई सुझाव दिनु भयो । सांसदहरुले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउदै तत्काल सरकारको उपस्थिति जनताले महसुस गनुपर्नेमा जोड दिनु भएको थियो । उहाँहरुले बिरोधका नाममा विरोध नगरी प्राधिकरणलाई काम गर्ने मौका दिन र सहयोग पु¥याउन सबै पक्ष सहमत हुनपर्नेमा जोड दिनु भयो । गैससहरु परिचालनमा महासंघलाई निश्चित कार्यविधि बनाएर अघि बढ्न समेत सांसदहरुले सुझाब दिनु भयो । निहित स्वार्थबाट टाढा रही मुलुकको सार्बभौमीकता र राष्ट्रिय एकतामा जोड दिदै अघि बढ्न सांसदहरुले गैससहरुलाई सुझाव दिनु भयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय दातृ निकायका प्रतिनिधिहरुको तर्फबाट युरोपियनका विकास सहायता हेर्ने प्रमुख एन्ड्रिया रोजरले प्राधिकरणको भूमिका छरितो र जनमुखी हुनुपर्नेमा जोड दिनु भएको थियो । उहाँहरुले प्राधिकरणलाई दातृ निकायहरु सहयोग गर्न तयार रहेको प्रतिबद्धता दोहो¥याउदै उहाँहरुको विश्वासलाई कायम राख्न आग्रह गर्नुभयो । नजिकिदो बर्षात्को समयलाइ ख्याल गर्दै तत्काल पुननिर्माण कार्य शुरु गर्न समेत दातृनिकायका प्रतिनिधिहरुले प्राधिकरणलाई सुझाब दिनु भयो  । साथै शिक्षा मन्त्रालयका प्रतिनिधि लक्ष्मण बस्याल, महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव श्री भरत शर्मा तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रतिनिधि सीता दवाडीले मन्तब्य राख्नु भएको थियो ।
यसैगरी गैरसरकारी संस्था तथा नागरिक समाजका अगुवाहरुको तर्फबाट गण्ोश वि.क., सुवोधराज प्याकुरेल, बिष्णु तिम्सिना, गोपाल सिवाकोटी, मिन बहादुर शाही, बिष्णु पुकार श्रेष्ठले प्राधिकरणलाई गैससमैत्री वातावरण बनाएर पुर्ननिर्माण कार्यमा सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्नु भएको छ । उहाँहरुले गैससको भूमिकालाई नजर अन्दाज नगर्न र उनीहरुलाई साझेदारको रुपमा व्यवहार गर्न आग्रह समेत गर्नु भएको छ ।
कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका सल्लाकार परिषदका सदस्य एवं महासंघका निवर्तमान अध्यक्ष शर्मीला कार्कीले आफूले गैसस क्षेत्र र प्राधिकरण बीच पुलको भूमिका निभाइरहेको बताउनु भएको थियो भने प्राधिकरणका कार्यकारी सदस्य डा. विष्णु बहादुर भण्डारीले गैससहरुको पुर्ननिर्माणमा सक्रिय सहभागिता सुनिश्चित गराउन गैरसरकारी संस्था परिचालन कार्यविधि लागु गरिएको जानकारी दिनु भयो । उहाँले कार्यविधि पारित भइसकेकोले अबका दिनमा गैसस परिचालनमा कुनै समस्या नरहने स्पष्ट पार्दे अझै केही कमी कमजोरी रहे संसोधन गर्न सकिने जानकारी गराउनु भयो । उहाँले कार्यक्रममा सरोकारवालाहरुले पुननिर्माण सम्बन्धी बिषयमा उठाएका सवालहरुको जवाफ दिदै महत्वपूर्ण सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रमको अध्यक्षता गर्दै गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष गोपाल लम्सालले  भूकम्प पछिको राहत तथा उद्धार कार्य देखिनै गैससहरु परिचालनमा महासंघले सक्रिय भूमिका निर्वाह गर्दै आएको औल्याउदै पुननिर्माणमा पनि आफुहरुको सहकार्य र सहभागिता उत्तिकै सशक्त रहने स्पष्ट पार्नु भयो । उहाँले महासंघले वहुपक्षीय संवादका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससहरु परिचालन र समन्वय गर्न यस प्रकारका संवाद कार्यक्रमहरुलाई निरन्तरता दिइएको स्पष्ट पार्नु भयो । लम्सालले प्राधिकरणबाट हालै स्वीकृत भएको गैसस परिचालन सम्बन्धी कार्यविधिमा महासंघको सक्रिय भूमिकालाई सुनिश्चित गर्न केही संसोधनको आवश्यकता रहेको जानकारी दिनु भयो । कार्यक्रमको संचालन महासंघका कोषाध्यक्ष श्री जीतराम लामाले गर्नु भएको थियो भने वरिष्ठ उपाध्यक्ष श्री कृष्ण गौतमले स्वागत गर्नु भएको थियो ।
भूकम्प पश्चात पुर्ननिर्माण र पुर्नस्थापनाको लागि गैरसरकारी संस्था परिचालन सम्बन्धी कार्यविधि २०७२ स्वीकृत भई कार्यान्वयनमा आइसकेको सन्दर्भमा गैससहरुले खेल्नु पर्ने भूमिका कस्तो हुने र कसरी अगाडि बढ्ने भन्ने बारेमा वहुपक्षीय राष्ट्रिय नीति संवाद कार्यक्रम मंगलबार काठमाण्डौमा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरुले आआफ्नो धारणा व्यक्त गरेका थिए ।  कार्यक्रममा पूर्व शिक्षा मन्त्री तथा व्यवस्थापिका संसदका सदस्य गंगालाल तुलाधरले पुनर्निमाण प्राधिकरणलाई निर्वाध रुपमा काम गर्न आग्रह भन्नु भयो । उहाँले जनताको पक्षमा गरिने कुनैपनि गतिविधिमा सबै राजनीतिक दलहरु  सहमत रहेको पनि स्पष्ट पार्नु भयो । यसैगरि भूकम्प प्रभावित जिल्लाका सांसदहरु पार्वत गुरुङ, गणेश पहाडी र शेरवहादुर तामाङले भूकम्प प्रभावित जिल्लामा गैरसरकारी संस्थाहरुले खेलेको भूमिकाको प्रशंंसा गर्दै आगामि दिनमा प्राधिकरणसँग सहकार्य गरेर अघि बढ्न गैससहरुलाई सुझाव दिनु भयो । सांसदहरुले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउदै तत्काल सरकारको उपस्थिति जनताले महसुस गनुपर्नेमा जोड दिनु भएको थियो । उहाँहरुले बिरोधका नाममा विरोध नगरी प्राधिकरणलाई काम गर्ने मौका दिन र सहयोग पु¥याउन सबै पक्ष सहमत हुनपर्नेमा जोड दिनु भयो । गैससहरु परिचालनमा महासंघलाई निश्चित कार्यविधि बनाएर अघि बढ्न समेत सांसदहरुले सुझाब दिनु भयो । निहित स्वार्थबाट टाढा रही मुलुकको सार्बभौमीकता र राष्ट्रिय एकतामा जोड दिदै अघि बढ्न सांसदहरुले गैससहरुलाई सुझाव दिनु भयो ।कार्यक्रममा अन्तर्राष्ट्रिय दातृ निकायका प्रतिनिधिहरुको तर्फबाट युरोपियनका विकास सहायता हेर्ने प्रमुख एन्ड्रिया रोजरले प्राधिकरणको भूमिका छरितो र जनमुखी हुनुपर्नेमा जोड दिनु भएको थियो । उहाँहरुले प्राधिकरणलाई दातृ निकायहरु सहयोग गर्न तयार रहेको प्रतिबद्धता दोहो¥याउदै उहाँहरुको विश्वासलाई कायम राख्न आग्रह गर्नुभयो । नजिकिदो बर्षात्को समयलाइ ख्याल गर्दै तत्काल पुननिर्माण कार्य शुरु गर्न समेत दातृनिकायका प्रतिनिधिहरुले प्राधिकरणलाई सुझाब दिनु भयो  । साथै शिक्षा मन्त्रालयका प्रतिनिधि लक्ष्मण बस्याल, महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव श्री भरत शर्मा तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रतिनिधि सीता दवाडीले मन्तब्य राख्नु भएको थियो ।यसैगरी गैरसरकारी संस्था तथा नागरिक समाजका अगुवाहरुको तर्फबाट गण्ोश वि.क., सुवोधराज प्याकुरेल, बिष्णु तिम्सिना, गोपाल सिवाकोटी, मिन बहादुर शाही, बिष्णु पुकार श्रेष्ठले प्राधिकरणलाई गैससमैत्री वातावरण बनाएर पुर्ननिर्माण कार्यमा सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्नु भएको छ । उहाँहरुले गैससको भूमिकालाई नजर अन्दाज नगर्न र उनीहरुलाई साझेदारको रुपमा व्यवहार गर्न आग्रह समेत गर्नु भएको छ । कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका सल्लाकार परिषदका सदस्य एवं महासंघका निवर्तमान अध्यक्ष शर्मीला कार्कीले आफूले गैसस क्षेत्र र प्राधिकरण बीच पुलको भूमिका निभाइरहेको बताउनु भएको थियो भने प्राधिकरणका कार्यकारी सदस्य डा. विष्णु बहादुर भण्डारीले गैससहरुको पुर्ननिर्माणमा सक्रिय सहभागिता सुनिश्चित गराउन गैरसरकारी संस्था परिचालन कार्यविधि लागु गरिएको जानकारी दिनु भयो । उहाँले कार्यविधि पारित भइसकेकोले अबका दिनमा गैसस परिचालनमा कुनै समस्या नरहने स्पष्ट पार्दे अझै केही कमी कमजोरी रहे संसोधन गर्न सकिने जानकारी गराउनु भयो । उहाँले कार्यक्रममा सरोकारवालाहरुले पुननिर्माण सम्बन्धी बिषयमा उठाएका सवालहरुको जवाफ दिदै महत्वपूर्ण सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।  कार्यक्रमको अध्यक्षता गर्दै गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष गोपाल लम्सालले  भूकम्प पछिको राहत तथा उद्धार कार्य देखिनै गैससहरु परिचालनमा महासंघले सक्रिय भूमिका निर्वाह गर्दै आएको औल्याउदै पुननिर्माणमा पनि आफुहरुको सहकार्य र सहभागिता उत्तिकै सशक्त रहने स्पष्ट पार्नु भयो । उहाँले महासंघले वहुपक्षीय संवादका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससहरु परिचालन र समन्वय गर्न यस प्रकारका संवाद कार्यक्रमहरुलाई निरन्तरता दिइएको स्पष्ट पार्नु भयो । लम्सालले प्राधिकरणबाट हालै स्वीकृत भएको गैसस परिचालन सम्बन्धी कार्यविधिमा महासंघको सक्रिय भूमिकालाई सुनिश्चित गर्न केही संसोधनको आवश्यकता रहेको जानकारी दिनु भयो । कार्यक्रमको संचालन महासंघका कोषाध्यक्ष श्री जीतराम लामाले गर्नु भएको थियो भने वरिष्ठ उपाध्यक्ष श्री कृष्ण गौतमले स्वागत गर्नु भएको थियो ।

 

Add comment


Security code
Refresh