självrisker i sjukförsäkringen http://sverigepiller.com/kop-cialis/ vattensäkert ws425w brunnsvatten testkit
महासंघको २२ औं बार्षिक साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलन सम्पन्न

01-_VP

चितवनको भरतपुरमा गैरसरकारी संस्था महासंघको २२ औं बार्षिक साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । सम्माननीय उपराष्ट्रपति नन्दवहादुर पुनद्धारा उद्घाटन गरिएको उक्त कार्यक्रम मङ्सिर २८ र २९ गते भरतपुर क्यान्सर अस्पतालको वैठक कक्षमा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा सम्माननीय उपराष्ट्रपति नन्द वहादुर पुन र विशिष्ट अतिथिका रुपमा नेकपा एमालेका महासचिव इश्वर पोख्रेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज  घिमिरे , माओवादी केन्द्रका पोलिटव्युरो सदस्य ठाकुर प्रसाद ढकाल लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको उदघाटनपछि सम्पूर्ण नेपाली गैससहरुलाइ सम्बोधन गर्दे उपराष्ट्रपति नन्द वहादुर पुनले जनचेतना अभिबृद्धि गर्दै लोकतन्त्र र मानव अधिकारको रक्षाको लागि नेपाली गैससहरुले खेलेको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो । उहाँले सरकारको प्रत्यक्ष उपस्थिती हुन नसकेको ग्रामीण समुदायहरुमा सेवा प्रवाह गर्ने काममा होस् वा संकटको घडीमा स्थानीय समुदायहरुलाई राहत आपूर्ति गर्ने काममा नागरिक संगठनहरु एवं गैससहरुले प्रभावकारी भूमिका निभाउन सकेको आफुले महशुुस गरेको बताउनु भयो । उहाँले गैससहरुलाइ देशको विकास निर्माणमा सरकारको परिपुरकको रुपमा योगदान पु¥याउन सुझाव दिदै नागरिक समाज तथा नागरिक संगठनहरुको अभिन्न अंगको रुपमाले शान्ति, मानव अधिकार, लोकतन्त्र र स्वतन्त्रताको रक्षकको रुपमा आफ्नो भूमिका निर्वाह गर्न सुझाव दिनु भयो । प्राकृतिक श्रोत साधनले अति धनी भएतापनि भोक, रोग, गरिबी, अभाव र बेरोजगारी अझै हाम्रा मुख्य समस्या र चुनौती रुपमा रहेको उल्लेख गर्दे उपराष्ट्रपति पुनले  गत बर्षको विनाशकारी भुकम्प पश्चात अझै पनि कैयौ परिवारहरु दुख र पिडाका साथ बाँची रहेका र उनिहरुको गास, वास र कपासको व्यवस्था यथासक्य चाडो मिलाइ सरकारसंग मिलेर साझा कार्यक्रमहरु सञ्चालन गर्न गैससहरुलाइ आग्रह गर्नु भयो । उहाँले देशलाइ संबैधानिक संकटबाट वचाउन तोकिएकै समयमा तीन तहको निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्नुको विकल्प नभएको बताउदै संविधान कार्यान्वयनको क्रममा देखिएका असन्तुष्टि असमझदारी संवाद,सहमती र सहकार्यको माध्यमबाट कम गर्दे राष्ट्रिय कार्यभार संविधानको कार्यान्वयनमा एकताबद्ध भएर जुट्न सम्पूर्ण राजनीतिक दल तथा नागरिक समाजलाइ आग्रह गर्नु भयो । उहाँले बलियो राष्ट्रिय एकता आजको आवश्यकता भएको औल्याउदै समृद्ध राष्ट्र निर्माणको कामलाइ संगसंगै अगाडि वढाउन सबैलाइ आग्रह गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा उपस्थित एमाले महासचिव इश्वर पोख्रेलले संविधान कार्यान्वयननै अहिलेको मुख्य एजेण्डा भएको बताउनु भयो । उहाँले गैससहरुले ठूलो रोजगारीको सृजना गरेको प्रति प्रशंशा गर्दे रोजगार प्राप्त व्यक्तिहरु उत्पादनशील भएकी भएनन भन्ने तर्फ पनी सजग हुनुपर्ने धारणा व्यक्त गर्नु भयो । विभिन्न संक्रमणकालीन समयमा मानव अधिकार तथा लोकतन्त्रको सुरक्षाका लागी नेपाली गैससहरुले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दे पोख्रेलले कहिकतै कमजोरी भए पनि आधारभूतरुपले गैससहरुले राम्रा काम गरेको वताउनु भयो । यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले गैससहरुमाथी कहिलेकाही राजनीति गरेको आरोप लाग्ने गरेको वताउदै गैससहरु नितान्त विकास साझेदारका रुपमा कार्य गर्नुपर्ने राय व्यक्त गर्नु भयो । उहाँले नागरिक समाज र गैससहरुको भूमिका मुलकुलाइ जुटाउने र एकतावद्ध वनाउने हुनपर्नेमा जोड दिनु भयो । यसैगरी कार्यक्रमा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य ठाकुर प्रसाद ढकालले आफ्नो शुभकामना मन्तव्य राख्दै द्धन्दकालीन समयमा पनि नेपाली नागरिक समाज तथा गैससहरुले सन्तुलित भूमिका निर्वाह गरेको वताउदै संविधानको कार्यान्वयनमा पनि नागरिक समाजको भूमिका अझ शशक्त हुनुपर्ने धारणा राख्नुभयो ।
समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणी बरालले गैसस महासंघको २५ बर्ष पुगेको अवसरमा आयोजित रजत वर्ष तथा २२ औ साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दे महासंघ संग सहकार्य गरेर समाज विकासको अभियान अघि बढाउने पक्षमा आफ्नो सधै सहकार्य र सहमती रहने धारणा व्यक्त गर्नु भयो । उहाँले सामाजिक विकास ऐन ल्याउने प्रयास भएको दशकौ विति सक्दा पनि सफलता हात नलाग्नु विडम्वना भएको तर्क गर्नु हुदै सामाजिक विकास ऐनका बारेमा थप जानकारी दिदै हाल कानून मन्त्रालय हुदै अर्थ मन्त्रालयमा रहेको सामाजिक विकास ऐन चाडो भन्दा चाडो निष्कर्षमा पुर्याउने प्रयास भइरहेको बताउनु भयो ।
कार्यक्रमा सत्य निरुपण तथा मेल मिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदी , सामुदायीक वन उपभोक्ता महासंघकी महासचिव भारती पाठक, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य तथा महासंघका सल्लाहकार गौरी प्रधान, महासंघका सल्लाहकारहरु शान्त लाल मुल्ली,विष्णु पुकार श्रेष्ठ , प्राध्यापक कपिल श्रेष्ठ, डा. नेत्र प्रसाद तिम्सीनाले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सल्लाहकार परिषद्की सदस्य तथा गैसस महासंघकी निवर्तमान अध्यक्ष् शर्मिला कार्किले नेपाली गैससहरुले सामाजिक रुपान्तरणका लागि खेलेको भूमिका र योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।
यसैगरी गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष गोपाल लम्सालले गैरसरकारी संस्था महासंघ नेपालको २२ औं साधारणसभा तथा स्थापनाको २५ औ बर्ष पुगेको रजत वर्षका अवसरमा विविध कार्यक्रमहरु मनाउने योजना रहेको जानकारी दिनु भयो । उहाँले स्थानीयस्तरसम्म आफ्नो सञ्जाल रहेको महासंघले दिगो विकासका लक्ष्यहरु पुरा गर्न नया ढंगले सहकार्य गर्दे अघि बढ्ने जानकारी दिनु भयो । उहाँले यो देशको सम्बृद्धिको यात्रामा गैससहरुलाइ कसरी परिचालन हुने र नागरिकका हक अधिकारहरु सुनिश्चित गर्न कसरी अगाडि बढ्ने भन्ने बारेमा रणनीति तय गरेर अघि बढ्ने वताउनु भयो । उहाँले आगामि दिनमा सामाजिक संस्थाहरुको भूमिका के हुने भन्ने बारेमा यस सम्मेलन संगै २५ बर्षको इतिहासमा नेपाली नागरिक समाजहरुले पुर्याएको योगदान र कमि कमजोरीहरुको समिक्षा गरेर अघि बढ्ने जानकारी दिनु भयो । देशभरीबाट करिव ६ सय गैसस तथा नागरिक समाजका अगुवाहरुको उपस्थिती रहेको राष्ट्रिय नागरिक सम्मेलन तथा २२ औ बार्षिक साधारण सभाको उद्घाटन सत्रमा महासंघका बरिष्ठ उपाध्यक्ष कृष्ण गौतमले स्वागत गर्नु भएको थियो भने महासचिव मिलन श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Add comment

Security code
Refresh