självrisker i sjukförsäkringen http://sverigepiller.com/kop-cialis/ vattensäkert ws425w brunnsvatten testkit
संयुक्त नागरिक धर्ना कार्यक्रम
Pic_for_Media
नागरिक संगठनहरुले प्रधान न्यायाधिश शुशिला कर्कीमाथि लगाइएको महाअभियोग प्रस्तावलाइ तत्काल फिर्ता लिन प्रस्तावक राजनीतिक दलहरुसंग माग गरेका छन् ।
आज काठमाण्डौंको नयाँ बानेश्वरमा संसद वैठकलाइ लक्ष्यित गरि आव्हान गरिएको संयुक्त नागरिक खबरदारी धर्ना कार्यक्रमका उनीहरुले कार्काीमाथी लगाइएको महाअभियोग फिर्ता गर्न सरकारसंग जोडदार माग गरेका हुन् । उनिहरुले विधिको शासनको पूर्ण प्रत्याभूतिको माग गर्दे हचुवाका भरमा लगाइएको महाअभियोग प्रस्ताव खारेज हुनपर्ने वताएका छन् । संयुक्त नागरिक खबरदारी कार्यक्रममा सहभागी अधिकारकर्मी , विभिन्न महासंघ, संघ तथा सञ्जाल संग आवद्ध प्रमुख तथा प्रतिनिधिहरुले तोकिएकै समयमा शान्तिपूर्ण ढंगबाट स्थानिय तहको निर्वाचन सम्पन्न गर्न समेत सरकारसंग आव्हान गरेका छन् । विशेषगरी महाअभियोग खारेज हुनुपर्ने मागमा केन्द्रित भएको संयुक्त नागरिक धर्ना कार्यक्रमका बक्ताहरुले राज्यका तिनवटा प्रमुख अंगहरु सार्वभौम हुनुपर्ने संवैधानिक व्यवस्था रहेको र तिनीहरु विच स्वच्छ ढंगको शक्ति सन्तुलन कायम हुनुपर्नेमा जोड दिएका छन् । संयुक्त खवरदारी कार्यक्रमलाई सम्बोधन गर्दे अधिकारकर्मी केदार खड्काले राजनीतिक दलहरुले जनभावना विपरित निर्णय गरेकाले बौद्धिक वर्ग सडकमा उत्रनु परेको वताउनु भयो । उहाँले राजनीतिक दलहरुको निहित स्वार्थमा केन्द्रित हुदै यसरीनै अविवेकशील निर्णय गर्दे जाने हो भने जनताले लामो समयको संघर्षपछि प्राप्त तरेको लोकतन्त्र फेरी छायामा पर्नसक्नेतर्फ ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रममा महिला अधिकारकर्मि शान्ता लक्ष्मी श्रेष्ठ र नारायणी देवकोटाले इतिहासमै स्वच्छ छविको प्रधानन्यायाधिशमाथि महाअभियोग लगाइनु  यो मुलुकका लागि दुर्भाग्य भएको धाराणा राख्नु भयो । उहाँहरुले भ्रष्टाचार, सामाजिक विभेद, हत्या हिंसासंग जोडिएका तमाम विषयमा निर्धक्क भएर जनतालाइ न्याय दिलाउने गरि शुशिला कार्किबाट पछिल्लो समयमा भएका फैसलाबाट त्रसित हुदै खराव मनस्थिती बोकेका व्यक्तिहरुबाट गैर जिम्मेवारी ढंगबाट महाअभियोग लगाइएको आरोप लगाउनु भयो ।
संयुक्त नागरिक खबरदारी अभियानको नेतृत्व गरिरहेको गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष गोपाल लम्सालले प्रधानन्यायाधीश शुशिला कार्कीमाथी राजनीतिक अभिष्ट पुरा गर्ने ढंगले दर्ता गरिएको महाअभियोगको प्रस्ताव तत्काल फिर्ता  लिन सत्तासिन राजनीतिक दलहरु समक्ष जोडदार माग गर्नु भयो । उहाँले लोकतान्त्रीक मूल्य र मान्यतालाइ लत्याउदै राजनीतिक दलहरु मनपरिढंगबाट परिचालीत हुन खोजे देशभरी नागरिकहरुलाइ सडकमा उतारेर अप्रजातान्त्रि गतिविधिको भण्डाफोर गर्ने चेतावनी दिनु भयो । देशभरी आफ्नो सञ्जाल रहेको गैरसरकारी संस्था महासंघले सम्पूर्ण नागरिक संगठनहरुको तर्फबाट संयोजनकारी तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दे प्रधान न्यायाधिस कार्किमाथीको महाअभियोग फिर्ता नगरे सम्म खवरदारी कार्यक्रम जारी राख्ने उद्घोष गर्नुभयो । उहाँले न्यायीक शर्वोच्चता र विधिको शाशनको मूल्य र मान्यतालाई आत्मसात गर्न दलहरुलाइ आग्रह गर्दे निर्धारित समयभित्रै स्थानिय तहको निर्वाचनको सुनिश्चितताका लागी पनि संयुक्त खवरदारी अभियान मार्फत सरकारको ध्यानाआकर्षण गराउनु भयो । करिव २ घण्टाको धर्ना कार्यक्रमको कोणसभालाइ मानवव अधिकार एलान्सका महासचिव डा. पद्यम प्रसाद खतिवडा, बरिष्ट सञ्चारकर्मी टंक पन्त लगाएका वक्ताहरुले संवोधन गरेका थिए । गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य भावना भट्टले सञ्चालन गर्नुभएको थियो भने करिव ५० भन्दा बढि संघ संस्थाहरुका तिन सय प्रतनिधिहरुले कार्यक्रममा एैक्यबद्धता तथा सहभागिता जनाएका थिए ।
नागरिक संगठनहरुले प्रधान न्यायाधिश शुशिला कर्कीमाथि लगाइएको महाअभियोग प्रस्तावलाइ तत्काल फिर्ता लिन प्रस्तावक राजनीतिक दलहरुसंग माग गरेका छन् । 
आज काठमाण्डौंको नयाँ बानेश्वरमा संसद वैठकलाइ लक्ष्यित गरि आव्हान गरिएको संयुक्त नागरिक खबरदारी धर्ना कार्यक्रमका उनीहरुले कार्काीमाथी लगाइएको महाअभियोग फिर्ता गर्न सरकारसंग जोडदार माग गरेका हुन् । उनिहरुले विधिको शासनको पूर्ण प्रत्याभूतिको माग गर्दे हचुवाका भरमा लगाइएको महाअभियोग प्रस्ताव खारेज हुनपर्ने वताएका छन् । संयुक्त नागरिक खबरदारी कार्यक्रममा सहभागी अधिकारकर्मी , विभिन्न महासंघ, संघ तथा सञ्जाल संग आवद्ध प्रमुख तथा प्रतिनिधिहरुले तोकिएकै समयमा शान्तिपूर्ण ढंगबाट स्थानिय तहको निर्वाचन सम्पन्न गर्न समेत सरकारसंग आव्हान गरेका छन् । विशेषगरी महाअभियोग खारेज हुनुपर्ने मागमा केन्द्रित भएको संयुक्त नागरिक धर्ना कार्यक्रमका बक्ताहरुले राज्यका तिनवटा प्रमुख अंगहरु सार्वभौम हुनुपर्ने संवैधानिक व्यवस्था रहेको र तिनीहरु विच स्वच्छ ढंगको शक्ति सन्तुलन कायम हुनुपर्नेमा जोड दिएका छन् । संयुक्त खवरदारी कार्यक्रमलाई सम्बोधन गर्दे अधिकारकर्मी केदार खड्काले राजनीतिक दलहरुले जनभावना विपरित निर्णय गरेकाले बौद्धिक वर्ग सडकमा उत्रनु परेको वताउनु भयो । उहाँले राजनीतिक दलहरुको निहित स्वार्थमा केन्द्रित हुदै यसरीनै अविवेकशील निर्णय गर्दे जाने हो भने जनताले लामो समयको संघर्षपछि प्राप्त तरेको लोकतन्त्र फेरी छायामा पर्नसक्नेतर्फ ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रममा महिला अधिकारकर्मि शान्ता लक्ष्मी श्रेष्ठ र नारायणी देवकोटाले इतिहासमै स्वच्छ छविको प्रधानन्यायाधिशमाथि महाअभियोग लगाइनु  यो मुलुकका लागि दुर्भाग्य भएको धाराणा राख्नु भयो । उहाँहरुले भ्रष्टाचार, सामाजिक विभेद, हत्या हिंसासंग जोडिएका तमाम विषयमा निर्धक्क भएर जनतालाइ न्याय दिलाउने गरि शुशिला कार्किबाट पछिल्लो समयमा भएका फैसलाबाट त्रसित हुदै खराव मनस्थिती बोकेका व्यक्तिहरुबाट गैर जिम्मेवारी ढंगबाट महाअभियोग लगाइएको आरोप लगाउनु भयो । संयुक्त नागरिक खबरदारी अभियानको नेतृत्व गरिरहेको गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष गोपाल लम्सालले प्रधानन्यायाधीश शुशिला कार्कीमाथी राजनीतिक अभिष्ट पुरा गर्ने ढंगले दर्ता गरिएको महाअभियोगको प्रस्ताव तत्काल फिर्ता  लिन सत्तासिन राजनीतिक दलहरु समक्ष जोडदार माग गर्नु भयो । उहाँले लोकतान्त्रीक मूल्य र मान्यतालाइ लत्याउदै राजनीतिक दलहरु मनपरिढंगबाट परिचालीत हुन खोजे देशभरी नागरिकहरुलाइ सडकमा उतारेर अप्रजातान्त्रि गतिविधिको भण्डाफोर गर्ने चेतावनी दिनु भयो । देशभरी आफ्नो सञ्जाल रहेको गैरसरकारी संस्था महासंघले सम्पूर्ण नागरिक संगठनहरुको तर्फबाट संयोजनकारी तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दे प्रधान न्यायाधिस कार्किमाथीको महाअभियोग फिर्ता नगरे सम्म खवरदारी कार्यक्रम जारी राख्ने उद्घोष गर्नुभयो । उहाँले न्यायीक शर्वोच्चता र विधिको शाशनको मूल्य र मान्यतालाई आत्मसात गर्न दलहरुलाइ आग्रह गर्दे निर्धारित समयभित्रै स्थानिय तहको निर्वाचनको सुनिश्चितताका लागी पनि संयुक्त खवरदारी अभियान मार्फत सरकारको ध्यानाआकर्षण गराउनु भयो । करिव २ घण्टाको धर्ना कार्यक्रमको कोणसभालाइ मानवव अधिकार एलान्सका महासचिव डा. पद्यम प्रसाद खतिवडा, बरिष्ट सञ्चारकर्मी टंक पन्त लगाएका वक्ताहरुले संवोधन गरेका थिए । गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य भावना भट्टले सञ्चालन गर्नुभएको थियो भने करिव ५० भन्दा बढि संघ संस्थाहरुका तिन सय प्रतनिधिहरुले कार्यक्रममा एैक्यबद्धता तथा सहभागिता जनाएका थिए ।

Add comment


Security code
Refresh