självrisker i sjukförsäkringen http://sverigepiller.com/kop-cialis/ vattensäkert ws425w brunnsvatten testkit
Immediate Past President's Blog
Speech delivered on the occasion of 62nd Human Rights Day Programme

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षज्यू,

कार्यक्रमका प्रमूख अतिथि सम्माननिय प्रधानमंत्रीज्यू, विशिष्ट अतिथिज्यूहरु, संचारकर्मी र सहभागी मित्रहरु,

 ६२ औ अन्तराष्ट्रिय मानव अधिकार दिवशको “खुलेर वोलौ, विभेद रोकौ” (Speak up ! Stop discrimination!) भन्ने मूख्य नारा नेपालको वर्तमान सन्दर्भमा अत्यन्त सान्दर्भिक छ ।  नेपाली जनताले विभेदकारी राजनितिक, सामाजिक र आर्थिक संरचनाको अन्त्यका लागी पटक पटक आन्दोलन गरेपनि समाजमा व्याप्त गरिवि, अन्याय, अत्याचार, असुरक्षा लैंगिक विभेद, जातिय विभेद र दण्डहिनतावाट नेपाली जनता मूक्त हुन सकेनन। सवै खाले विभेदलाई अन्त्य गर्न राज्य, सरकार र नागरिक समाजले खुलेर वोल्ने र त्यसलाई व्यवहारमा उतार्ने प्रतिवद्धताको रुपमा आजको दिनलाई लिन सकियो भने “खुलेर वोलौ, विभेद रोकौ” भन्ने नारालाई सार्थक वनाउन सकिन्छ ।

Statement delivered in the national programme on violence against women on 29 November 2010

कार्यक्रमका अध्यक्षज्यू, कार्यक्रमका प्रमूख अतिथि सम्माननिय प्रधान मंत्रीज्यू, माननिय मंत्रीज्यूहरु, माननिय सभासदज्यूहरु, नेपाल सरकारका वरिष्ठ अधिकृतज्यूहरु, कुटनितिक नियोग र विकास साझेदार संस्थाका प्रतिनिधिज्यूहरु, नागरिक संगठनका आदरणिय मित्रहरु र पत्रकार साथीहरु,

 नेपाली समाजमा महिला हिंसा यसरी जकडिएर रहेको छ कि यो दिनानु दिन वढ्दै जादै छ र हिंसाका जघन्य प्रकृतिले मानव अधिकारको खास गरेर महिला मानव अधिकारको चरम हनन हुने गरेको छ । नेपाल सरकारको तथ्यांक अनुसार हरेक दिन २६५ जना महिला कुनै न कुनै किसिमको हिंसा वाट पिडित हुन्छन् । यो संख्या अझै वढी हुन सक्छ किनकि सवै महिला हिंसाका घट्नाहरु वाहिर आऊदैनन् । महिला हिंसा अन्त्य गर्ने सरकारी तथा राजनितिक प्रतिवद्धताहरु नभएका पनि होइनन् । ति प्रतिवद्धताका वावजुद पनि हिंसाका घट्ना दिनहु घट्छन र र धेरै जसो घट्ना जघन्य अपराधी प्रकृतिका हुन्छन् । महिला माथी हुने हिंसाका कारणहरु पितृ सत्तात्मक समाजका सोच र व्यवहारहरु, महिला र पुरुष विच असमान शक्ति संवन्ध र भेदभावपूर्ण साँस्कृतिक व्यवहारहरुको निरन्तरताका प्रतिविंम्व हुन । नेपाली समाज राजनितिक रुपमा पटक पटक फेर वदल भए पनि भेदभावपूर्ण सामाजिक संस्कारहरु र शक्ति संवन्धहरु रुपान्तरण हुन सकेनन्। त्यसैको फलस्वरुप अहिले पनि हाम्रो सामाजिक मानसिकताले महिला हिंसालाई कतिपय अवस्थामा दण्डनिय मान्दैन, फलस्वरुप पिडितहरुले सवै वेदनालाई चुपचाप सहेर वस्नु पर्ने हुन्छ । यो नै महिला हिंसाको सवै भन्दा ठूलो दुश्मन हो ।

<< Start < Prev 1 2 3 4 5 6 7 Next > End >>

Page 5 of 7