Skip to main content
7th Board meeting

गैरसरकारी संस्था महासंघ नेपालको सातौ केन्द्रीय कार्यसमितिको वैठक काठमाण्डौमा सम्पन्न भएको छ ।

बैठकमा विभिन्न समसामयिक विषयमा विस्तृत छलफल भएको छ । यसैगरी गैरसरकारी संस्था महासंघ नेपालको सांगठनिक तथा आर्थिक प्रतिवेदन,विभिन्न सांगठनिक विभागका प्रतिवेदनहरु, क्षेत्रिय तथा जिल्ला समितिहरुका गतिविधिहरु, क्षेत्रिय इन्चार्जहरुको प्रतिवेदन, आगामि २३ औं बार्षिक साधारण सभा तथा राष्ट्रिय नागरिक सम्मेलन, संगठन ब्यबस्थापन नियमावली संसोधन, प्रदेश समिति गठन,जिल्ला तहका संगठन ब्यवस्थापन र अन्य समसामयिक बिषयहरुमा छलफल भएको छ । वैठकमा ६ वटा प्रदेशमा सम्पन्न भइसकेको स्थानिय तह निर्वाचनमा लामो समयदेखी सामाजिक विकासमा योगदान पुर्याउदै आउनु भएका महासंघसंग आबद्ध निर्वाचित प्रतिनिधिहरुलाइ बधाइ ज्ञापन गरिएको छ । साथै स्थानिय तहको निर्वाचनले उहाँहरुको सफलतालाइ सामाजिक विकासका अभियन्ता प्रतिको जनविश्वास प्रमाणित हुनु भएको आसयका रुपमा लिदै उहाँहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ ।

यसैगरी महासंघको २३ औं बार्षिक साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलन आगामि कात्तिक १७ गते काठमाण्डौमा सम्पन्न गर्ने निर्णय गरेको छ । गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष गोपाल लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव मिलन श्रेष्ठले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष जितराम लामाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसैगरी प्रत्येक प्रदेशका इन्चार्जहरुले आआफ्नो प्रदेशका तर्फबाट प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । वैठकमा उपस्थित ३२ जना केन्द्रिय सदस्यहरुले आआफ्नो भोगाइ, अनुभव,सुझाव,सल्लाह र आगामि कार्यदिशा वारेमा नयाँ नयाँ एजेण्डाहरु वैठका पेश गर्नु भएको थियो ।