Skip to main content

गैरसरकारी संस्था महासंघ नेपालले नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारीहरुलाइ बधाई तथा शुभकामना ज्ञापन गरेको छ । 
 
काठमाण्डौंमा एक औपचारीक कार्यक्रमको आयोजना गर्दे  गैरसरकारी संस्था महासंघ नेपालले नवनिवर्नचित पत्रकार महासंघका पदाधिकारीहरुलाइ बधाई तथा शुभकामना ज्ञापन गरेको हो । बधाई कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका सल्लाहकार सुबोध राज प्याकुरेल र गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष गोपाल लम्सालले नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारीहरुलाई खादा ओडाएर बधाई ज्ञापन गर्नुभएको थियो । बधाई कार्यक्रम पछि बोल्दै प्याकुरेलले पछिल्लो समयमा विभिन्न हिसावले नागरिक संगठनहरुको भूमिकालाइ कमजोर वनाउने कार्य भइरहेको प्रति सचेत रहन नागरिक समाजकै एक अंगको रुपमा रहेको पत्रकार महासंघलाइ आग्रह गर्न भयो । उहाँले मुलुकको लोकतान्त्रीक परिवर्तनलाइ संस्थागत गर्न र संघिय संरचना पूर्ण रुपमा कार्यान्वयन गराउन नागरिक संगठनहरुविच ऐक्यवद्धता आवश्यक भएको वताउनु भयो  । प्याकुरेलले पछिल्लो समयमा सार्वजनिक निकाय र जनताले प्रत्यक्ष सेवा पाउनुपर्ने निकायका उच्च पदस्थ ओहोधामा बसेका व्यक्तिहरुबाट पद र शक्तिको चरम दुरुपयोग भइ भ्रष्टाचार र अनियमितता मौलाइरहेको प्रति चिन्ता व्यक्त गर्नु भयो । उहाँले यस प्रकारका मुलुकलाइनै दिर्घकालीन रुपमा गम्भिर असर पार्ने खालका गतिविधिहरुको पर्दाफास गर्न सञ्चारजगतलाई सधै चनाखो वनाइ राख्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुन पत्रकार महासंघसंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्य संग आग्रह गर्नु भयो । प्याकुरेलले गम्भिर प्रकृत्तिका मुद्धाहरुको खोजमुलक सूचना संकलनका लागी पत्रकार महासंघले एक विशेष कार्यदल बनाएर अघि बढ्न सके यसको प्रभावकारीतामा थप मद्धत पुग्ने धारणा राख्नु भयो । उहाँले नव निर्वाचित सबै पदाधिकारीहरुलाई चौथो अंगको पहरेदारीको भूमिकालाइ आगामि दिनमा थप आत्मसात गर्दे  पत्रकारिता जगतमा नयाँँ नयाँ नजीरहरु स्थापना गर्न सफल हुन शुभकामना दिनुभयो । 

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले पत्रकार महासंघ पनि नागरिक समाजकै एक अंग भएकाले लोकतन्त्रको सम्बद्र्धनमा सधै सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले पत्रकारिता एक संवेदनशिल पेशा भएकाले पत्रकारहरु सूचना प्रहावमा थप जिम्वेवार हुनुपर्नेमा जोड दिदै पत्रकार आचारसंहिताको पालना गरेर सामाजीक उत्तरदायित्वको भूमिकामालाइ थप सक्रिय पार्नुपर्ने आवश्यकता औल्याउनु भयो । आचार्यले पत्रकारिता जगतप्रति रहेको जनताको भरोसा र विश्वासलाइ टुट्न नदीने प्रतिवद्धता व्यक्त गर्नुभयो । आचार्यले सामाजिक अभियानका विभिन्न सकारात्मक बिषयहरुमा गैसस महासंघसंगै निरन्तर सहकार्य गरेर अघि बढ्ने विश्वास दिलाउनु भयो । 
बधाई तथा शुभकामना कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका महासचिव मिलन कुमार श्रेष्ठले गैसस महासंघ नेपालको सांगठनिक संरचनाका बारेमा पत्रकार महासंघका पदाधिकारीहरुलाइ जानकारी गराउनु भएको थियो । साथै उहाँले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ तथा शुभकामना पनी व्यक्त गर्नु भएको थियो । गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष गोपाल प्रसाद लम्सालले मिडिया र नागरीक समाज एक अर्काका परिपुरक भएको स्पष्ट पार्दे  मुलुकको सर्वाङ्गिण विकासमा दुबैको ऐक्यबद्धता जरुरी भएको धारणा राख्नु भयो । लम्सालले लोकतन्त्रलाई संस्थागत गर्न यी दुइ संगठनहरुविच निरन्तर रचनात्मक तथा मित्रवत सम्बन्ध आवश्यक रहेको वताउनु भयो । उहाँले मुलुकमा अझै संक्रमणकालीन लक्षणहरु यथावत रहेकाले पूर्ण रुपमा लोकतान्त्रीक पद्धतिको विकास गर्न र जनताका जीवनस्तरमा यथार्थपरक परिवर्तन ल्याउन राज्यको चौथो अंगको रुपमा जिम्वेवार मानिने निकाय र सम्पूर्ण नागरिक संगठनहरुको प्रतिनिधित्व गर्ने निकाय विच सवै अभियानहरुमा सहकार्य जरुरी भएको धारणा राख्नु भयो । लम्सालले संघिय संरचना कार्यान्वयनमा मुलुक अघि बढिरहेको प्रति जनताको भरोसामा बृद्धि भइरहेको प्रसंग औल्याउदै तिनै तहको निर्वाचन प्रक्रिया पुरा गराउने कार्यमा सबै नागरिक संगठनहरुले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो । बधाई तथा शुभकामना कार्यक्रममा दुबै महासंघहरुविच क्षमता अभिबृद्धि, विभिन्न रचनात्मक सामाजिक अभियानमा हातेमालो र मुलुकको रुपान्तरणका लागी सहकार्य गर्ने कुरामा प्रतिबद्धताहरु जाहेर भएका थिए ।