Skip to main content
SDG-Siraha

गैरसरकारी संस्था महासंघ नेपाल र  जिल्ला समन्वय समिति सिरहाको समन्वयमा सिरहा जिल्लामा दिगो विकास लक्ष्य सम्बन्धमा स्थानिय निकायका नवनिर्वाचित पदाधिकारीहरुलाई लक्ष्यित गरेर अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । 

असोज ३० गते सिरहामा दुइवटा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गर्दे जिल्ला तह र नगर तहमा दिगो विकास लक्ष्य सम्बन्धमा अभिुमखिकरण तालिम दिइएको हो । जिल्ला तहको कार्यक्रममा स्थानिय निकायहरु नगरपालिका र गाउँपालिकाका प्रमुख,उप प्रमुख, वडा अध्यक्ष तथा सदश्यहरु सहभागि हुनुहन्थ्यो । उक्त कार्यक्रम गैरसरकारी संस्था महासंघ जिल्ला शाखा सिरहाले  जिल्ला समन्वय समिति संग समन्वय गर्दे सम्पन्न गरेको हो । जिल्ला स्तरिय कार्यक्रमका नगरपालिका र गाउँपालिका गरेर जिल्लाभरीका १७ वटा स्थानिय तहका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । नव निर्वाचित पदाधिकारीहरु उत्साही भएर कार्यक्रमको पुरा अवधिभर अभिमुखिकरण कार्यक्रममा सहभागी हुनु भएको थियो । नव निर्वाचित स्थानिय तहका पदाधिकारीहरुलाइ आयोजकका तर्फबाट खादा तथा फूलको माला लगाएर सम्मान तथा बधाइ ज्ञापन गरिएको थियो । उहाँहरुलाइ स्थानिय स्रोत र साधन सुहाउँदो दिगो विकास र त्यसका लागि अपनाउनुपर्ने मापदण्डा तथा स्थानिय निकायका पदाधिकारीहरुको जिम्वेवारीका बारेमा स्रोत व्यक्ति डिल्लु प्रसाद घिमिरेले जानकारी गराउनु भएको थियो । स्रोत व्यक्तिको रुपमा दिगो विकास लक्ष्या सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएका घिमिरेले स्थानि तहका पदाधिकारीहरु जिम्वेवार भएर  सक्रिय रुपमा इमान्दारीका साथ आ आफ्नो भूमिका निर्वाह गर्ने हो भने अव मुलुकको दिगो विकास धरै टाढाको कुरा नहुने उल्लेख गर्नु भयो । उहाँले स्थानिउ साधन र स्रोतको सहि सदुपयोग गर्दे स्थानिय जनशक्ति परिचालन गर्दे स्थाननियकै भावना र चाहना अनुरुपको विकासका कार्यक्रमहरुलाइ लक्ष्यित गरेर अघि बढ्न सके दिगो विकासको भावना र मूलमर्म सहजै प्राप्त गर्न सकिने जानकारी गराउनु भयो । उहाँले दिगो विकासका लागि स्थानिय तहका पदाधिकारीहरुको सहभागीता अनिवार्य भएको उल्लेख गर्दे सरकारले स्थानिय तहका लागि छुट्याउने बजेटलाइ समयमै आवश्यकताको पहिचान गरी कहाँ कहाँ लगानि गर्ने भन्ने बारेमा स्पष्ट रणनिति तर्जुमा गरेर अघि बढ्न सके यसबाट आम सर्वसाधारणले गरेको जन अपेच्छा पुरा हुने धारणा व्यक्त गर्नुभयो । यसैगरी अभिमुखिकरणमा दिगो विकास लक्ष्य भनेको के हो ? यो कहिलबोट शुरु भयो र यसमा के के उदेश्यहरु, सहायक उदेश्यहरु र सूचकहरु समावेश छन भन्ने बारेमा स्पष्ट जानकारी सहभागीहरुलाइ गराइएको थियो । 
कार्यक्रमको छलफल सत्रमा अधिकांस स्थानिय तहका जन प्रतिनिधिहरुले दिगो विकासका बारेमा आफुहरु यस अघि खासै जानकार नभएको र बल्ल यस बिषयमा जानकारी पाउने अवसर पाएको भन्दै खुसि व्यक्त गर्नु भएको थियो । उहाँहरुले दिगो विकास लक्ष्यहरु तथा यसको कार्यान्वयनका बिषयमा थुप्रै जिज्ञासाहरु राख्नु भएको थियो । उहाँहरुले राख्नु भएका जिज्ञासाहरुको स्रोत व्यक्ति डिल्डु प्रसाद घिमिरे र उमेश विश्वकर्माले जवाफ तथा समाधानका उपायहरु दिनु भएको थियो । 
कार्यक्रमको मन्तव्य सत्रमा सम्पूर्ण उपस्थित मेयरहरुको तर्फबाट विचार राख्दै धनगढी नगरपालिकाका मेयर हरिनारायण चौधरीले दिगो विकास लक्ष्याको कार्यान्वयनका लागि सम्पूर्ण विकास साझेदारहरुको सहयोग अपेक्षा गर्दे यस कार्यमा वहुपक्षिय सरोकारवालाहरुसंग समन्वय गरेर अघि बढ्न इच्छुक रहेको जानकारी दिनु भयो । यसैगरी कार्यक्रममा उपस्थित सम्पूर्ण उप मेयरहरुको तर्फबाट वोल्नु हुदै लहान नगरपालिकाका उपमेयर सरियार चौधरीले विकासका हरेक मुद्धामा महिलाहरुको भूमिका सधै सक्रिय रहदै आएको उल्लेख गर्दे उनिहरुको सहभागीतामा जोड दिदै दिगो विकासको कार्यान्वयनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । 
यसैगरी दिगो विकास लक्ष्य सम्बन्धमा नगरपालिका स्तरिय कार्यक्रम गोलबजार नगरपालिका सिरहामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नगरका नवनिर्वाचित मेयर देवनाथ शाह र उम मेयर रोशन कुमारी थापा लगाएत वडा अध्यक्ष तथा सदस्यहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा गोलबजार नगरपालिकाको स्थानिय वस्तुस्थिती र दिगो विकास लक्ष्य संग सम्बन्धीत स्थानिय स्रोत,साधान,जनताका आवश्यकता,प्राथमिकता, समस्या र तिनिहरुको दिगो समाधानका बारेमा चर्चा गरिएको थियो । उक्त कार्यक्रममा गोलबाजर नगरपालिकाका सवै नवनिर्वाचित पदाधिकारीहरुले दिगो विकास सम्बन्धमा महत्वपूर्ण जिज्ञासाहरु राख्नु भएको थियो । उक्त जिज्ञासाहरुको स्रोत व्यक्तिहरुबाट निकासका उपायहरु देखाउदै समाधान गर्ने उपायहरु समेत जानकारीका रुपमा पेश गर्नु भएको थिया् । स्थानिय सरोकारवालाहरुले आगामि दिनमा दिगो विकास कार्यान्वयनमा जिल्ला तहमा निरन्तर वकालत,पैरवी तथा सम्बन्धित पक्षलाइ झकझक्याउन एक जिल्ला स्तरिय दिगो विकास मञ्च गठन गर्दे अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।