Skip to main content
23rd AGM

गैरसरकारी संस्था महासंघ नेपालको २३ औं बार्षिक साधारण सभा तथा राष्ट्रिय नागरीक सम्मेलन भव्यताका साथ काठमाण्डौंमा सम्पन्न भएको छ । कात्तिक २१ गते पूर्व प्राधान न्यायाधिश कल्याण श्रेष्ठले उद्घाटन गर्नु भएको साधारण सभा तथा राष्ट्रिय नागरीक सम्मेलन कात्तिक २२ गते देशभरीका सम्पूर्ण नागरीक संगठनहरु तथा गैरसरकारी संस्थाहरुको तर्फबाट १६ बुदे काठमाण्डौं घोषणापत्र जारी गर्दे सम्पन्न भएको हो । 

घोषणापत्र
(२०७४ कार्तिक २१ र २२, काठमाण्डौ)


नेपालको सामाजिक आर्थिक रुपान्तरण विकास र राष्ट्रीय एकताको प्रकृयामा सदैव अग्रपंक्तिमा रहेर पैरवी, सामाजिक परिचालन, नागरिक सशक्तिकरण र सहभागिता प्रवद्र्धनमा सकृय नागरिक संगठनहरुको सामmा संगठन गैसस महासंघ नेपालको २३ औं साधारण सभामा देशभरीबाट ६ हजारभन्दा बढी गैरसरकारी संघ संस्थाका सात सय भन्दा बढी प्रतिनिधिहरु, नागरिक आन्दोलन र मानव अधिकार अभियानका अगुवाहरु सहित सम्पन्न २३ औं बार्षिक साधारण सभा तथा राष्ट्रीय नागरिक सम्मेलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको पूर्ण कार्यान्वयनका लागि तथा सकृय र सशक्त नागरिक सहभागिता सहितको दिगो विकास लक्ष्यहरुका प्राप्तिका लागि हामी सम्मेलनका सहभागीहरु निम्न प्रतिवद्धता तथा सरोकारहरु सहित यो घोषणापत्र जारी गर्दछौं ः 

१. हामी नागरिक संगठनका प्रतिनिधिहरु अपेक्षाकृत रुपमा शान्तिपूर्ण र निश्पक्ष ढंगले उत्साहपूर्ण ढंगले स्थानीय तहको निर्वाचन सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दछौं । स्थानीय तहका सरकारको सबलीकरण, विकासमा सहजीकरण तथा रुपान्तरणमुखी र न्यायपूर्ण सन्तुलित दिगो विकास र समृद्धिको प्राप्तिका लागि नागरिक संगठनहरु स्थानीय तहका सरकारसँग सहकार्य, सामmेदारी र समन्वय गर्न प्रतिवद्ध रहेको घोषणा गर्दछौं । विगतमा गैसस महासंघको विभिन्न तहको नेतृत्वमा रहनु भएका सामाजिक अभियन्ताहरु स्थनीय तहमा निर्वाचित हुनुभएको सुखद अवसरमा गैसस महासंघ गौरवान्वित महसुस गर्दछ । यो सम्मेलन सम्पूर्ण निर्वाचित गैसस महासंघका पूर्व अभियन्ताहरुलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ । 

२. गैसस महासंघले विगत एक दशकदेखी पैरवी गर्दै आएको सामाजिक विकास ऐन सिंगो राज्यको राजनितिक रुपान्तरण पछि पनि सरकारको प्राथमिकतामा पर्न नसक्नु दुखद विषय हो । सुस्पष्ट, नागरिकमैत्री तथा सामmेदारीपूर्ण विकासमुखी सामाजिक विकास ऐनको अभावमा गैससहरुको सहभागिता, सकृयता र विकासमा संलग्नता मmन्मmटिलो, गैससहरुलाई निरुत्साहित गर्ने र समग्रमा नागरिक स्थानलाई खुम्च्याउने ढंगले अभ्यास भइरहेको अनुभव गरिएको छ । संविधानको मौलिक हक विपरित हुने गरी हुने गैससको स्थान र सहभागितालाई खुम्च्याउने, राज्यका करप्रणाली तथा प्रशासनिक अंकुशहरुबाट अप्ठेरो परिस्थिति सृजना गर्ने अभ्यासहरु नागरिक संगठनलाई स्विकार्य छैन । हामी तत्कालै संघीय तहमा गैसस महासंघ नेपालसँगको पर्याप्त परामर्शमा समाज कल्याण परिषदको प्रभावकारी विकेन्द्रीत पुनर्संरचना गर्ने गरी सामाजिक विकास ऐन जारी गर्न माग गर्दछौं । 

३. अमmै पनि गैससहरुलाई नेपाल सरकारका विकास परियोजनाहरुमा सामmेदारी गर्न भ्याटमा दर्ता माग गर्ने नीति विद्यमान रहेको छ । गैससको नाफारहित सामाजिक विकास अभ्यासको मर्म विपरित लागु गरिएको अनिवार्य भ्याट दर्ता सम्बन्धि नीतिलाई तत्काल खारेज गर्न माग गर्दछौं । साथै भ्याटमा गएका गैससहरुलाई पनि भ्याट दर्ता त्याग गरी लेखा नम्बरको आधारमा मात्र नियमसंगत करको दायरामा रहन आव्हान गर्दछौं ।

४. नेपालको विकास बजेट न्युनमात्रमा लगानी भइरहेको र सरकारी संयन्त्रहरुबाट विकासका कार्यहरु प्रभावकारी हुन नसकेको गुनासो आइरहेको वर्तमान सन्दर्भमा गैरसरकारी संघ संस्थाहरुलाई सामmेदारको रुपमा स्विकार गर्दै विकास र सामाजिक परिचालन तथा नागरिक सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्ने ब्यबस्था गर्न नेपालको संघीय सरकार, अब बन्ने प्रदेश सरकार तथा स्थानीय सरकारहरुसँग अनुरोध गर्दछौं । 

५. नेपालको विकास बजेट तथा अनुदानहरुको कार्यान्वयनका लागि गैसस महासंघले उठाउँदै आएको स्थानीय गैससहरुसँगको सामmेदारी, स्वतन्त्र र सशक्त स्थानीय गैससको विकास र सबलीकरण तथा अन्तर्राष्ट्रीय गैससहरुको सहजीकरण भुमिकाको अभ्यास पूर्ण रुपमा हुन नसकेको हाम्रो अनुभव छ । नेपालका लागि छुट्याइएको बजेटमा अन्तर्राष्ट्रीय गैससहरुले अनुदान लिने, तथा अन्तर्राष्ट्रीय संस्थाहरुले सोमmै स्थानीय तहमा परियोजनाहरु सञ्चालन गर्ने र स्थानीय गैससहरुको स्वतन्त्रता र स्वायत्ततालाई संकुचित गर्ने अभ्यासहरु देखिएको छ । अन्तर्राष्ट्रीय गैससहरु विकास अभियानका महत्वपूर्ण सामmेदार हुन् । हामी अन्तर्राष्ट्रीय गैसस एवं दातृ निकायहरुलाई नेपालका स्थानीय गैससहरुसँगको सामmेदारी अभिवृद्धि गर्न र स्वतन्त्र र स्वच्छ एवं पारदर्शी सामmेदारीको अभ्यास गर्नका लागि आव्हान गर्दछौं । 

६. हामी अब बन्ने प्रतिनिधि सभा तथा प्रदेश सभाहरुमा राष्ट्रीय एवं प्रादेशिक विकासका सवालहरुमा गैससहरुको धारणा, अनुभव र मागहरु सोमmै जनप्रतिनिधि समक्ष छलफल र बहस गर्ने सबल परिवेश निर्माणका लागि विशेष संसदीय समिति गठनको माग गर्दछौं । 

७. राष्ट्रीय राजनीतिक रुपान्तरण र शान्ति प्रकृयाको अन्तिम चरणसम्म आइपुग्दा पनि द्वन्द्व प्रभावित, बेपत्ता नागरिकहरुले न्यायको अनुभुति गर्न सकेका छैनन् । हामी नेपाल सरकारसँग सत्य निरुपण तथा मेलमिलाप आयोगको सकृयता वृद्धि गरी यस बर्ष भित्रै न्याय र मेलमिलापको वातावारण प्रवद्र्धन गर्न माग गर्दछौं । हामी विगतमा गठन भएका छानविन आयोगका प्रतिवेदनहरु सार्वजनिक गर्न र न्यायको सुनिश्चितता गर्न माग गर्दछौं । 

८. संविधान कार्यान्वयनको चरणमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको प्रकृया अगाडि बढिसकेको सन्दर्भमा कसैबाट पनि निर्वाचन हुने कुरामा शंका उत्पन्न हुने गतिविधि नगर्न नगराउन सम्बन्धित सबै पक्षसँग आग्रह गर्दछौं । साथै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, शान्तिपूर्ण, न्यायसंगत, मितव्ययी बनाउन राजनीतिक दल, निर्वाचन आयोग र नेपाल सरकारसँग माग गर्दछौं । निर्वाचनको स्वच्छता, समावेशिता र स्वतन्त्रताको लागि पैरवी गर्न नागरिक अनुगमन प्रभावकारी बनाउन हामी प्रतिवद्धता ब्यक्त गर्दछौं । 

९. आसन्न प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचनमा संविधानको मर्म र भावना अनुरुप महिला, दलित जनजाति तथा पछाडि पारिएका वर्गको प्रत्यक्ष तर्पmको निर्वाचनमा प्रतिनिधित्व गराउन नसक्नु लज्जास्पद विषय रहेको छ । गैसस महासंघ नेपाल महिला, दलित, जनजाति तथा मधेसी समुदायको नागरिक एवं राजनीतिक अभियानहरुमा सकृय र नेतृत्वदायी सहभागिता अभिवृद्धि गर्न राजनीतिक दलहरुसँग माग गर्दछ । गैसस महासंघ नेपाल अब निर्वाचित हुने प्रतिनिधि सभा तथा प्रदेश सभा र त्यसबाट बन्ने सरकारहरुले राष्ट्रीय राजनीतिमा रहेका मतभिन्नता, विभेद र असन्तुष्टीहरुलाई सम्बोधन गर्दै राष्ट्रीय एकता र समृद्धिलाई अगाडि बढाउने अपेक्षा गर्दछ । 

१०. बढ्दो महँगी, साना हातहतियारको प्रयोग जस्ता अपराधिक घट्नाहरुको वृद्धिले सिंगो नेपाली नागरिक समुदाय त्रसित भएको छ । सामाजिक सदभाव, शान्ति सुरक्षा र नागरिक सुरक्षाको लागि राज्यले बजारको पर्याप्त अनुगमन, मुल्यको नियमन र हातहतियारको अवैध कारोवार र प्रयोगमा नियन्त्रणका लागि सकृय र प्रभावकारी कार्य गर्न माग गर्दछौं । 

११. महाभुकम्प, बाढी पहिरो प्रभावित तथा विगतमा भएका प्राकृतिक प्रकोपहरुबाट प्रभावित समुदायले समयमा राहत, पुननिर्माण एवं अन्य सहायता प्राप्त गर्न नसकेकोमा गैसस महासंघ नेपालसँग नेपाल सरकारको ढिला सुस्ति प्रति खेद ब्यक्त गर्दछ । भुकम्प एवं बाढी पहिरो प्रभावितहरुको पुननिर्माण प्रकृयालाई आगामी एक बर्षभित्र सम्पन्न गर्ने र अन्य प्रकोप प्रभावितहरु सबैलाई समयमा नै राज्यको सुविधा र सहायताको वितरण सुनिश्चित गर्न माग गर्दछौं । पुननिर्माण कार्यमा गैससहरुको सहभागिता र सामmेदारीलाई सरलिकृत एवं सहजीकरण गर्न पुननिर्माण प्राधिकरण तथा स्थानीय सरकारहरुसँग अनुरोध गर्दछौं ।   

१२. सडक सञ्जाल र यातायातको विस्तारसँगै दिनदिनै गम्भिर सडक दुर्घट्नाका समाचारहरु आइरहेका छन् । नागरिकहरुको आवागमनलाई सुरक्षित र संयमित बनाउन नेपाल सरकारसँग तत्काल सडक सुरक्षा ऐन तथा यातायात ब्यवसायको नियमन र सार्वजनिक यातायातको सुरक्षित सञ्चालनको ब्यबस्था लागू गर्न माग गर्दछौं । 

१३. दिगो विकास लक्ष्यको सन्दर्भमा तथ्यांकहरुको ब्यबस्थापन, कार्यान्वयनका लागि नागरिक संगठनहरुको सकृय सहभागिता, परिचालन र सामmेदारी महत्वपूर्ण रहेको छ । खानेपानी तथा सरसफाई ब्यबस्थापन, अन्तर्राष्ट्रीय सामmेदारीको वृद्धि, समाजिक सद्भावको प्रवद्र्धन, बालबालिका महिला अपांगता भएका ब्यक्तिहरुको सुरक्षा र मर्यादित जीवन तथा नागरिक संगठनहरुको सहज र सकृया स्थानका लागि सबै तहको विकास संयन्त्र एवं सार्वजनिक सेवा प्रवाहका संयन्त्रहरुमा गैसस महासंघ नेपालको प्रतिनिधित्व र नागरिक संगठनहरुको सहभागिता सुनिश्चित गर्न माग गर्दछौं ।  

१४. भ्रष्टाचार, कमिशनतन्त्र एवं बजारको एकधिकारपूर्ण नियन्त्रणले आम नागरिकहरुको जनजीवन कष्टकर बनाएको छ । नेपाल सरकारका संयन्त्रहरुसँग भ्रष्टाचारको अन्त्य, कमिशनतन्त्रको नियन्त्रण र सुशासनको प्रवद्र्धन गर्न सूचनाको हकको प्रवद्र्धन एवं न्यायपूर्ण विकास र बजारको सामुहिक सन्तुलित नियन्त्रणका लागि कदम चाल्न हार्दिक अनुरोध गर्दछौं । 
१५. गैसस महासघ विकासको विश्वयव्यापी तथा क्षेत्रीय अभियानको सक्रिय संस्था हो । क्षेत्रीय विकास र सहकार्यले मात्र दिगो विकास लक्ष्य र विश्वव्यापी शान्ति स्थापना गर्न सकिन्छ । विगतमा स्थगित भएको सार्क शिखर सम्मेलन छिटोभन्दा छिटो आयोजना गर्दै क्षेत्रीय पारस्परिक सहयोग र विकासमा सार्क राष्ट्रहरु केन्द्रीत हुन अनुरोध गर्दछौं । 
 
१६.  गैसस महासंघ नागरिक सशक्तिकरण, नागरिक स्थान, सामmेदारी, समन्वय र सहकार्यको प्रवद्र्धन गर्दछ । समग्र मानव अधिकार, दिगो विकास, न्याय, राष्ट्रीय एकता र समृद्धिको प्रवद्र्धनका लागि गैसस महासंघ नेपालले आगामी एक बर्ष भरी राष्ट्रीय अभियान देशब्यापी रुपमा सञ्चालन गर्नेछ । यस अभियानमा अन्य नागरिक एवं पेशागत संगठनहरुतथा अन्य ब्यवसायिक संगठनहरुसँग हातेमालो गरिनेछ । हामी सबै जिल्ला शाखा एवं सदस्य संस्थाहरुलाई यस अभियानलाई सफलतापूर्वक सम्पन्न गर्दै राष्ट्रीय रुपमा नागरिक भुमिकालाई पुनस्र्थापित गर्न र राष्ट्रीय विकासमा जनसहभागितालाई उत्प्रेरित गर्न आव्हान गर्दछौं ।     

धन्यबाद ।