Skip to main content

SDG anniversary

दिगो विकास लक्ष्यहरु कार्यान्वयनमा आएको तेस्रो बर्ष पुरा भएको अवसरमा आज नेपाल सरकार राष्ट्रिय योजना आयोज, नेपालका नागरिक संस्थारुको साझा मञ्च नेपाल दिगो बिकास मञ्च र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम यूएनडीपीको संयुक्त आव्हानमा काठमाण्डौं र देशका सातवटै प्रदेशहरुमा तेस्रो बर्ष गाँठ भव्यताका साथ मनाइएको छ ।

काठमाण्डौमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यष डा. पुष्प राज कणेलले दिगो विकासका लागि सरकार नागरिक समाज, विकास साझेदार, निजी क्षेत्र र आम  जनतासंग सहकार्य र समन्वय गर्दे अघि बढ्न इच्छुक रहेको वताउनु भयो  । उहाँले नेपालमो दिगा विकास लक्ष्यहरु कार्यान्वयनका चुनौति र अवसरहरुमाथि यथार्थपरक ढंगले प्रकास पार्नु भएको थियो । यसैगरी कार्यक्रममा वोल्दै नेपाल स्थित संयुक्तराष्ट्रसंघिय आवासिय प्रतिनिधि भेलरी जुलियाण्डले नेपाल संघीय संरचनामा प्रवेश गरिसकेको सन्दर्भमा दिगो विकास लक्ष्यको मूल प्रवाहिकरणमा  नेपाल सरकारले सामाजिक संस्थाहरुलाई विकास साझेदारको रुपमा सहकार्य गर्नुपर्नेमा जोड दिनु भएको थियो । उहाँले नागरिक संस्थाहरुको क्षमता अभिवृद्धिमा राज्यको ध्यान जानुपर्नेमा समेत जोड दिनुभयो ।

दिगो विकासका लक्ष्य प्राप्तिका लागि नेपालले विकासका कार्यक्रमहरुलाई द्रुत गतिकासाथ अगाडि बढाउनुपर्ने सरकारी एवं गैर सरकारी संस्थाका प्रतिनिधिले बताएका छन् । यसै क्रममा दिगो विकासका लक्ष्यका विभिन्न सूचकहरुका परिणामहरु योजना अनुरुप नै कार्यान्वयन भइरहेको तथापि लक्ष्यप्राप्त गर्न विभिन्न चुनौति रहेको सरोकारवालाहरुले समिक्षा गरेका छन् ।

दिगो बिकास लक्ष्यमा १७ लक्ष्य एक सय ६९ सहायक लक्ष्य समावेश गरिएका छन । यी लक्ष्यलाई सन २०३० सम्म प्राप्त गर्ने प्रतिवद्धता सबै मुलुकले जनाएका छन जसमा नेपाल पनि एउटा सदस्य राष्ट्र हो ।