Skip to main content

देशका विभिन्न भागमा प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको छ । यस्तो अवस्थामा नागरिक संघसंस्थाको भूमिकालाई प्रभावकारी बनाउन गैसस महासंघ नेपालले विपद् प्रतिकार्य तथा पूर्वतयारीमा बहुपक्ष्ीाय संवाद आयोजना गरेको छ । सरोकारवालाहरूका बिचमा स्पष्ट र उपयुक्त संयन्त्र बनाइ विपद् प्रतिकार्य र पूर्वतयारीमा प्रभावकारी भूमिका निभाउन उक्त संवाद आयोजना गरिएको हो । 


कार्यक्रममा सरोकारवालाहरूले विपद् प्रतिकार्य तथा पूर्वतयारी सम्बन्धमा नागरिक संघ संस्थको भूमिकाबारे धारणा व्यक्त गरेका थिए । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐनको कार्यान्वन गर्न यथाशीघ्र प्राधिकरण गठन हुनु पर्नेमा नागरिक संघ संस्थाका अगुवाहरूले जोड दिएका थिए । वास्तविक पीडित समक्ष सामावेशी तवरबाट राहत सामग्री पुर्याउन सरकारले अवलम्वन गरेको एकद्वार प्रणालीलाई समर्थन र सहयोग गर्न राष्ट्रिय योजनका आयोगका सदस्य मीन बहादुर शाहीले सबैलाई आह्वान गर्नुभयो । कार्यक्रममा बोल्दै गैसस महासंघका अध्यक्ष जितरामा लामाले यो विपद्को घडीमा सम्प्रर्ण नागरिक संघसंस्थाहरू निस्वार्थ भावले सामूहिक सहकार्यमा जुट्नुको विकल्प नहरेको बताउनु भयो ।