Skip to main content
Belaka News

 

उदयपुरको बेलका नगरपालिकामा दिगो विकास लक्ष्य १६ को स्थानियकरण सम्बन्धमा एक दिने कार्यशाला सम्पन्न भएको छ । 
कार्यक्रममा नगरपालिकाका सम्पूर्ण पदाधिकारी, दश्यहरु र सरोकारवालाहरुसंग दिगो विकास लक्ष्य १६ को स्थानियकरणका बारेमा जानकारी आदान प्रदान भएको थियो । कार्यक्रमको पहिलो सत्रमा दिगो विकास लक्ष्यहरु र विशेषगरी लक्ष्य १६ मा सहभागीहरुलाइ जानकारी प्रदान गरिएको थियो । दिगो विकास लक्ष्य अन्र्तगत स्थानिय तहमा यसको उपादेयउता र यसको प्रभावकारीतालाई थप प्रभावकारी ढंगले लागु गर्न र कार्यान्वयनको अवस्थालाइ थप परिणाम मुखी वनाउन दिगो विकास लक्ष्यका बारेमा छलफल चलाइएको थियो । यसैगरी कार्यक्रमको दोस्रो सत्रमा विभिन्न तिनवटा समूहमा समूह विभाजन गरी दिगोे विकास लक्ष्य १६ मा को पुनरावलोकन र सम्भावित नयाँ सूचकहरु के के हुन सक्छन भन्ने बारेमा पहिलो समूहमा छलफल चलाइएको थियो । यसैगरी दोस्रो समूहमा  दिगो विकास लक्ष्य १६ मा नीतिगत तहमा के अभाव छ वा नसमेटिएका विषयहरु के के हुन  भन्ने सन्दर्भमा छलफल गरिएको थियो । उक्त सन्दर्भमा लक्ष्य १६ को कार्यान्वयनमा कमीको अवस्था, लक्ष्य १६ को बारेमा पर्याप्त ज्ञान तथा क्षमतामा कमीका बारेमा छलफल गराइएको थियो भने समूह ३ अन्र्तगत लक्ष्य १६ को सफल कार्यान्वयनका लागि कस्तो रणनीति लिनु पर्ला ? कार्यान्वयनमा को को साझेदार हुन सक्छन र कसरी ? भन्ने सन्दर्भमा कार्यशालामा छलफल चलाइएको थियो । 

बेलका नगरपालिका प्रमुख दुर्गा थापाले आफु दिगो विकास लक्ष्य र विकास एजेण्डामा  राम्रो संग परिचित भएकाले यसको महत्वलाइ बुझेको र आफ्नो नगरपालिकाको बजेट तथा कार्यक्रमममा दिगो विकास लक्ष्यहरुलाइ समेटीएको जानकारी गराउनु भयो । उहाँले दिगो विकास लक्ष्यको स्थानियकरणमा आफ्नो नगरपालिका विकास साझेदारसंग र अन्य सरोकारवालाहरुसंग आवश्यक सबै सहकार्यका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । गैसस महासंघ नेपालको प्रयासमा दिगो विकास लक्ष्य १६ मा विभिन्न गतिविधिहरु सञ्चालन हुने क्रममा स्थानीयकरण पनि एक महत्वपूर्ण अभियानका रुपमा रहदै आएको छ ।