Skip to main content
Sarlahi SDGs

सर्लाही जिल्लाको उत्तरपुर्वि क्षेत्रमा अवस्थित ब्रह्मपुरी गाउँपालिकामा दिगो विकास लक्ष्यको स्थानियकरण सम्बन्धमा एक दिने कार्यशाला सम्पन्न भएको छ । 
सामाजिक चेतना, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय, शान्ति, सूचनाको हक, नागरीको दायीत्व आदि विषयमा आफ्नै सक्रियतामा विविध कार्यक्रम चलाइरहेको यस गाउँपालिकामा दिगो विकास सम्बन्धी जानकारी हासिल हुनुलाइ महत्वपूर्ण उपलब्धिका रुपमा लिएको सहभागीहरुले वताए । युवा अध्यक्ष विनोद कुमार साहले नेतृत्व गरेको यस गाउँपालिकामा, उपाध्यक्ष गिता देवी लगाएत ७ वटा वडा अध्यक्षहरुको सहभागितामा दिगो विकास लक्ष्य १६ मा अभिमुखीकरण र कार्यशाला सम्पन्न भएको हो । 
पहिलो चरणमा दिगो विकास लक्ष्य सम्बन्धी प्रारम्भिक समग्र ज्ञान दिन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो भने दोस्रो सत्रमा दिगो विकास लक्ष्य १६ सम्बन्धमा  सबै परिमाणात्मक लक्ष्यहरु र सुचकहरुको समिक्षा र नयाँ सूचकहरुको खोजी, पहिचान तथा स्थानिय स्तरमा दिगो विकास लक्ष्यमा देखिएका विभिन्न चुनौतिहरुका बारेमा छलफल गरिएको थियो । सहभागीहरुबाट ब्रह्मपुरी गाउँपालिकामा दिगो विकास लक्ष्यहरुको बुझाइ र कार्यान्वयनमा देखिएका चुनौतिहरु यस प्रकार उल्लेख गरेका थिए । 

Sarlahi
क्-  दिगो विकास लक्ष्य बारेमा जानकारीनै नहुनु , यसका लागि अधिकांस विषय वस्तुहरु नेपाली वा अंग्रेजी भाषामा प्रकाशित हुनु र स्थानियहरुको यसमा   भाषिक ज्ञान नहुनु ।
 ख- सामाजिक चेतनामा अझै कमी हुनु र आफ्नो आधारभूत हक अधिकारहरु, शान्ति, न्याय, संस्थाको सुदृढिकरण भनेको के हो भन्ने अनभिज्ञता रहनु । 
ग-   विकासका लागि विविध खाले प्रयासहरु भइरहेको भएपनि दिगो विकास लक्ष्यहरुलाइ सम्बोधन गर्ने गरी कार्यक्रम र बजेटमा छलफल तथा संहिताबद्ध नहुुनु । 
वेरोजगारि, सामाजिक न्ययामा कमी, प्राविधिक शिक्षामा कमी, उन्नत कृर्षिमा अभाव, अनाबृष्टि, अतिबृष्टि, गरिवि, भोकमरी र जलवायु परिवर्तनका बिषयहरुमै स्थानिय सरकार जुधीरहेकाले नयाँ विकास ढाँचालाइ आत्मसात गर्न नसक्नु यहाँको वाध्यता रहेको गाउँपालिकाका अध्यक्ष् विनोद कुमार शाहले जानकारी गराउनु भयो । शाहले विकासलाइ मूल प्रवाहमा लैजान आफ्नो र स्थानियवासिको सबै सरोकारवालाहरुसंग निरन्तर सहकार्य रहने प्रतिवद्धता जनाउनु भयो ।