Skip to main content


गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय कार्यसमितिको नियमित चौथो बैठक भाद्र १९ र २० गते काठमाडौँमा सम्पन्न भएको छ । दुई दिने बैठकमा केन्द्रीय कार्यसमितिका महासचिव रामप्रसाद सुवेदीले महासंघको प्रगति प्रतिवेदन पेस गर्नु भएको थियो भने महासंघका कोषाध्यक्ष विष्णु थकालीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी महासंघको सातओटै प्रदेशका प्रादेशीक इन्चार्जहरूले आआफ्नो प्रदेशको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
बैठकमा महासंघको अभियान र कार्यक्रमहरू बारे समीक्षा सहित समसामयीक विषय उपर छलफल पनि गरिएको थियो । बैठकमा उपस्थित सहभागीहरूले महासंघको अभियानलाई अझै सशक्त बनाउनु पर्ने, सूचना आदानप्रदानको प्रक्रियालाई चुस्त दुरुस्त बनाउनु पर्ने, सबैले आआफ्नो भूमिकालाई सक्रियताका साथ निभाउनु पर्ने र साङ्गठनिक प्रणलीलाई अझै व्यवस्थित गरेर लैजानु पर्ने जस्ता विषयमा सुझाव दिनु भएको थियो । 
महासंघका निवर्तमान अध्यक्ष गोपाल लम्सालले नागरिक संघसंस्थाहरू अध्ययनशील हुनु पर्ने र वर्तमान सङ्घीय संरचनामा आफ्नो भूमिका र अधिकारका लागि जुट्नु पर्नेमा जोड दिनुभयो । महासंघका अध्यक्ष जीतराम लामाले सबै केन्द्रीय सदस्यहरूलाई आआफ्नो ठाउँबाट सक्रिय भूमिका निभाउन आग्रह गर्दै नागरिक संघसंस्था र सरकारबिच समन्वय गरेर महासंघको अभियानलाई अगाडि बढाउनु पर्ने बताउनु भयो ।