Skip to main content

मिति:- २०७७/०१/३०

प्रेस वक्तब्य

 

नेपाली नागरिक संगठहरुको साझा संस्था गैर सरकारी संस्था महासंघ नेपाल हालसालै भारत सरकारले अन्तर्राष्ट्रिय सीमा अतिक्रमण गरी नेपाली भूमीको लिपुलेक, लिम्पियाधुरा, कालापानी सम्मको भूभाग प्रयोग गरी चीनको तिब्बत स्थित धार्मिक एबम् पर्यटकीय स्थल मानसरोवर सम्म पुग्ने सडक निर्माण गरी भारत सकारका रक्षामन्त्रीले उद्घाटन समेत गरेको विषयप्रति गैर सरकारी संस्था महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाली भूभागको अन्तर्राष्ट्रिय सीमा अतिक्रमण गरी यति ठूलो निर्माण कार्य सम्पन्न भै उद्घाटन समेत हुँदा नेपाल सरकारका सम्बन्धित निकाय र अधिकारीहरु बेखवर रहनु अति नै दुःखदायी र उदेकलाग्दो विषय हो । इतिहासको कुनैपनि कालखण्डमा नेपाल कुनै पनि देशको अधिनस्थ नभई सदैव सार्भभौमसत्ता सम्पन्न मुलुक रहेको विषयलाई मनन गर्दै नेपालको सार्भभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न नेपाल सरकारले तत्काल भारत सरकारसँग कुटनैतिक पहलका साथै उपयुक्त कदम चाली भारत सरकारसँग बार्ता गरी समस्याको समाधान गर्न साथै भविश्यमा पनि नेपालको सम्प्रभुता, स्वतन्त्रता र भौगोलिक अखण्डतामा आँच पुग्ने र अन्तर्राष्ट्रिय सीमाको उल्लघन गर्ने यस्ता खाले गतिबिधि कदापि नदोहोरिने कुराको भारतद्वारा ग्यारेन्टी गर्न  नेपाल सरकार समक्ष गैर सरकारी संस्था महासंघ नेपाल गम्भीर रुपमा ध्यान आकर्षण गराउँदै जोडदार माग गर्दछ ।

रामप्रसाद सुवेदी, महासचिव 

जितराम लामा, अध्यक्ष

PDF Download