रणनीतिक प्राथमिकता
लोकतन्त्र र मानव अधिकार
नागरिक समाज संस्थाका लागि सक्षम वातावरण / नागरिक स्थान
सुशासन
नागरिक समाज संस्थाको क्षमता विकास
दिगो विकास लक्ष्य (एसडीजी)
नेफिनले खेल्ने भूमिका
नागरिक समाज संस्थालाई एकताबद्ध गर्ने
राजनीतिक, सामाजिक, आर्थिक र वातावरणीय विकास, अधिकार र न्यायका लागि काम गर्ने नागरिक समाज संस्थाको एकताका लागि नेफिनले संघ, गठबन्धन, सञ्जाल र मञ्चको सहजीकरण गर्छ।
सामूहिक परिचालन र कार्यको सुदृढीकरण
राजनीतिक, सामाजिक, आर्थिक र वातावरणीय विकास, अधिकार, शान्ति र न्यायजस्ता साझा सरोकारका लागि स्थानीयदेखि विश्वव्यापी तहसम्म नागरिक समाज संस्था र आन्दोलनको सामूहिक शक्ति र कार्यलाई नेफिनले परस्पर एकताका साथ परिचालन र विस्तार गर्छ।
नागरिक समाज संस्थाको सामर्थ्य सुदृढीकरण
नेफिनले नागरिक समाज संस्थाको अभिकर्ता क्षमता, सामर्थ्य, उत्थानशीलता, स्रोत र प्रभावलाई सुदृढ गर्छ।
क्षेत्रगत इमानदारी र विश्वसनीयता अभिवृद्धि
नेफिनले सदस्य संस्था र व्यापक नागरिक समाज क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र इमानदारीको उच्च मापदण्ड अभ्यास, समर्थन र सुनिश्चित गर्छ,
रूपान्तरणका लागि पैरवी र अभियान
न्यायपूर्ण, समतामूलक र दिगो सार्वजनिक नीति, अभ्यास र स्रोत विनियोजनका लागि तथा सबै तहमा राज्यका निकाय र कम्पनीलाई उत्तरदायी बनाउन नेफिनले जनकेन्द्रित र प्रमाणमा आधारित पैरवी तथा अभियान सञ्चालन गर्छ।
