Skip to main content
← सूचीमा फर्कनुहोस्

समाचारराष्ट्रिय

सामाजिक संघसंस्थाहरुका चुनौती तथा सवालहरु तत्काल सम्बोधन गर्नका लागि समाज कल्याण परिषदको ध्यानाकर्षण गरियो

संस्करण 1

सामाजिक संघसंस्थाहरुका चुनौती तथा सवालहरु तत्काल सम्बोधन गर्नका लागि समाज कल्याण परिषदको ध्यानाकर्षण गरियो

गैरसरकारी संस्था महासंघ नेपालको नेतृत्वमा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले आज समाज कल्याण परिषदका पदाधिकारीहरुसँग भेटेर सामाजिक संघसंस्थाहरुका विद्यमान चुनौती तथा सवालहरु तत्काल सम्बोधन गर्नका लागि सत्र बुँदे सुझाव पत्र प्रस्तुत गर्दै ध्यानाकर्षण गराएका छन् । नेपालको विकासमा विभिन्न देशका सरकार र नेपाल सरकार अर्थ मन्त्रलायबीच सम्झौता गरि संयुक्त राष्ट्र संघीय निकायहरु एवं द्धिपक्षीय तथा वहुपक्षीय निकायहरुले स्थानीय गैर सरकारी संस्थाहरु मार्फत कार्यान्वयन गरेका कार्यक्रमहरुको समाज कल्याण परिषद्वाट स्वीकृति लिनुपर्ने र अनुगमन गराउनु पर्ने शर्त फिर्ता लिन, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले जिल्लामा कार्यालय खोली व्यवस्थापनमा साझेदार संस्थालाई नामको मात्र साझेदार वनाई अप्रत्यक्ष रुपमा आफै काम गर्ने प्रवृतिलाई निरुत्साहित गर्न, संस्था नवीकरण गर्ने क्रममा ऐन कानुन विपरितका झन्झटहरु हटाउन सहजीकरण गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससहरुको समन्वय र परिचालन गर्न नेपाल सरकार र समाज कल्याण परिषदले वनाएका ऐन, नीति, नियमावली, निर्देशिका, कार्यविधिहरुका विषयमा सम्वन्धित सरोकारवालासँग छलफल र परामर्श गरि समय सापेक्ष वनाउन, आदि विषयमा ध्यानाकर्षण गराइएको छ । सत्र बुँदे सुझाव पत्र विस्तृतमा हेर्नुहोस् (PDF file) सत्र बुँदे सुझाव पत्र विस्तृतमा हेर्नुहोस् (Word File)