अर्थ मन्त्रीमाथि कारवाहीको माग नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा माथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई मन्त्रलायमा प्रवेश गराएर करका दर हेरफेर गरेको र सो को प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको भन्ने विषयप्रति गैरसरकारी संस्था महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । देश संचालनका लागि महत्त्वपूर्ण पक्ष बजेट निर्माणका सन्दर्भमा कर नीतिमा अवान्छित प्रभाव पर्ने गरि अनावश्यक व्यक्ति र व्यापारिक घरानालाई मन्त्रालयमा प्रवेश गराई असंवेदनशिलता र लापरवाहीपूर्ण व्यवहार प्रदर्शन गर्दै अक्षम्य आर्थिक अपराध गरेको आरोप लागेकोले यस विषयमा उच्च स्तरीय समिति गठन गरी निस्पक्ष्य छानविनको माग सहित अर्थमन्त्री लगायत यस विषयमा जिम्मेवार व्यक्तिहरुलाई हदै सम्मको कारवाही गर्न माग गर्दछौं । साथै, अर्थमन्त्रीले नैतिकताका आधारमा तुरुन्त राजीनामा दिई निश्पक्ष्य छानविनका लागि मार्गप्रशस्त गर्न पनि माग गर्दछौं। मितिः २०७९ असार २२ गते राम प्रसाद सुवेदी अध्यक्ष
समाचारराष्ट्रिय
