Skip to main content
← सूचीमा फर्कनुहोस्

समाचारराष्ट्रिय

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि नागरिक सरोकार विषयक छलफल कार्यक्रम

संस्करण 1

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि नागरिक सरोकार विषयक छलफल कार्यक्रम

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि नागरिक सरोकार विषयक छलफल कार्यक्रम आज २०७८ चैत्र १८ गते सम्पन्न भएको छ । आसन्न स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढँगले सम्पन्न गर्न र निर्वाचन आचारसंहिताको पालना सुनिश्चितता गर्न निर्वाचन आयोग र प्रमुख राजनीतिक दलका नेताहरुको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो । दलहरु निर्वाचन घोषणा पत्र तयारीको चरणमा रहँदै गर्दा नागरिक स्वतन्त्रता, नागरिक संस्था मैत्री वातावरण, समावेशीता, सुशासन र विकासप्रति दलहरुको प्रतिबद्धताको आवश्यकतालाई जोड दिईएको छ । यसका लागि निर्वाचनको अनुगमन गर्दै पहरेदारी र खबरदारी गर्न नागरिक समाज संघसंस्था प्रतिबद्ध रहेको कुरामा पनि जोड दिइएको थियो । कार्यक्रमको अध्यक्षता गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले गर्नुभएको थियो र प्रमुख अतिथि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया हुनुहुन्थ्यो । यसैगरी नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेकपा एमालेका निर्वाचन विभाग सहइन्चार्ज निरज आचार्य, नेकपा माओवादी केन्द्रका निर्वाचन विभाग प्रमुख डा खिमलाल देवकोटा, र तमलोपाका केन्द्रीय सदस्य राम राय लगायतका राजनीतिक दलका नेताहरुको कार्यक्रममा सहभागिता रहेको थियो । निर्वाचन आचारसंहिताको पालना र आसन्न स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै क्षेत्रको सहकार्य र प्रतिबद्धतालाई यस छलफलले बल पुर्याएको छ ।