Skip to main content
← सूचीमा फर्कनुहोस्

समाचारराष्ट्रिय

प्रेस विज्ञप्ति : पीडितको आत्मसम्मान र मर्यादाको ख्याल गर

संस्करण 1

प्रेस विज्ञप्ति : पीडितको आत्मसम्मान र मर्यादाको ख्याल गर

पीडितको आत्मसम्मान र मर्यादाको ख्याल गर बलात्कार घटनाको आरोपमा तनहुँ जिल्ला प्रहरी कार्यालयको हिरासमा रहेका पल शाह (पूर्ण विक्रम शाह)का समर्थकहरूद्वारा भइरहेका गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा नाबालिकामाथि लाञ्छना लगाउने, व्यक्तिगत चरित्रलाई लिएर अनावश्यक तथा भ्रामक टिप्पणी गर्ने जस्ता गतिविधिले बलात्कार पीडित बालिकाको आत्मसम्मान, मर्यादा, गोपनियता, स्वतन्त्रता र सुरक्षाजस्ता विषयमा आँच पुगेको छ । एकोहोरोरुपमा सामाजिक सञ्जालमा बालिका तथा उनको परिवारप्रति प्रश्न उठाइने कार्य कानुनको बर्खिलाप हो । यसतर्फ नेपाल प्रहरीको पक्कै पनि ध्यान गएको होला भन्ने हामीले अपेक्षा गरेका छौँ । कानुनका दृष्टिमा सबै समान हुन्छन् । कसैको प्रसिद्धि वा ओहोदा अनुसन्धानका क्रममा बाधक हुँदैनन् भन्ने उदाहरण हाम्रै सन्दर्भमा पनि प्रशस्त छन् । आफूमाथि हिंसा भएको भनी हिंसाविरुद्ध आवाज उठाउँदा पीडितउपर लगाइने लाञ्छानाले पीडितहरूलाई उजुरी गर्न तथा बोल्न निरुत्साहित गर्छ । यसर्थ पल शाह विरुद्ध एक नाबालिकाको उजुरीउपर अनुसन्धान प्रकृयामा बाधा पु¥याउने कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन, पीडितको गोपनीयता, आत्मसम्मान तथा मर्यादाको ख्याल राख्न, अतिरञ्जित प्रचार तथा गलत सूचना प्रवाह रोक्न र पीडितलाई न्याय दिलाउन सरोकारवालासँग माग गर्दछौं । २०७८ फागुन २१ गते अर्जुन भट्टराई, महासचिव रामप्रसाद सुवेदी, अध्यक्ष