Skip to main content
← सूचीमा फर्कनुहोस्

समाचारराष्ट्रिय

लुम्बिनी प्रदेशमा नागरिक संस्थाहरूको स्थान प्रवर्धनका लागि प्रदेश स्तरीय परामर्श बैठक

संस्करण 1

लुम्बिनी प्रदेशमा नागरिक संस्थाहरूको स्थान प्रवर्धनका लागि प्रदेश स्तरीय परामर्श बैठक

गैरसरकारी सस्था महासंघ नेपालको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय नागरिक तथा नागरिक संस्थाहरुको स्थान प्रबद्र्धन गर्ने उद्देश्यले प्रदेश स्तरीय परामर्श बैठक सम्पन्न भएको छ । गैरसरकारी सस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जित कुमारी बेलबासेको अध्यक्षता तथा संघीय सांसद सुर्य प्रसाद ढकालको प्रमुख आतिथ्यतामा, लुम्बिनी प्रदेशका सामाजिक विकास समितिका सदस्यहरु माननीय लोकी कुमारी बिक, चन्द्रकेश गुप्ता, सामाजिक विकास मन्त्रालयका सचिव भुपेन्द्र थापा, भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव भिमार्जुन पाण्डे, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कँडेल, प्रदेश सभा सचिवालयका सचिव दुर्लव कुमार पुन मगर, गैसस महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदी, महासचिव अर्जुन भट्टराई, कोषाध्यक्ष नानीमाया थापा लगायत लुम्बिनी प्रदेशमा कार्यरत नागरिक समाज तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । सांसद सूर्य ढकालले छलफललाई संक्षेपीकरण गर्दै भन्नुभयो, निर्णय र विकास निर्माण प्रक्रिया सहभागितामूलक हुनुपर्छ, मानवअधिकार र समावेशी विकासका लागि नागरिक समाजको आवश्यकता पर्दछ, साथै साझेदारीका लागि सरकारले संकल्प गर्न र प्रतिवद्धता जनाउन आवश्यक रहेको छ । कार्यक्रममा नागरिक संस्थाहरुको स्थान प्रबद्र्धनको लागि सरकार र स्वयं प्रदेश स्तरमा कार्यक्षेत्र बनाइ काम गरिरहेका संस्थाहरुले सस्थागत सुशासन, जवाफदेहिता र पार्दर्शिताको साथै एकआपसमा सहकार्य र समन्वयको लागि गैससमैत्री वातावरण निर्माणमा नागरिक संघसंस्था तथा सरकार दुवैको भूमिका रहेको कुरा डा. नहकुल केसीले प्रस्तुतिकरण मार्फत गर्नु भएको थियोे भने गैरसरकारी संस्थाहरुले भोग्नु परेको चुनौती र समाधानका उपायहरुबारे छलफलमा विभिन्न नागरिक संस्थाका प्रतिनिधिहरुले आ–आफ्नो धारणा राखेका थिए । छलफलको सहजीकरण गैसस महासंघ नेपालका महासचिव अर्जुन कुमार भट्टराईले गर्नुभएको थियो।