नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा एल पी ग्याँसको मूल्यमा भारी बृद्धि गरेको छ । ११ महिनाको अवधिमा मात्र पटक पटक गरी पेट्रोलमा मात्र ७८ रुपैया वृद्धि भएको छ । पेट्रोलियम पदार्थ तथा एल पी ग्यासको मूल्यमा भएको वृद्धिले आम नागरिकको जनजीवन कष्टकर बनाएको छ । यसरी दिनानुदिन इन्धनको मूल्य वृद्धि हुनाले आम नागरिकको दैनिकीमा नै समस्या परेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि सँगै देशभर अत्यावश्यक वस्तु तथा सेवाको ढुवानी र लागत भाडा अझै महंगिने निश्चित छ । जनताको आधारभुत आवश्यकतासँग प्रत्यक्ष रुपमा जोडिएको दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ । पेट्रोलियम पदार्थ तथा एल पी ग्यासको मूल्यमा गरिएको मूल्य वृद्धिले जनतालाई आफ्ना आधारभूत आवश्यकता पुर्ति गर्न कठिन भएको छ र दैनिकी कष्टकर बन्दै छ । यसकारण पेट्रोलियम पदार्थमा हालै गरिएका मुल्य वृद्धि फिर्ता लिन र यस्तो क्रमलाई वैकल्पिक माध्यमहरु अपनाई नियन्त्रण गर्न गैरसरकारी संस्था महासंघ नेपाल सरकारसँग माग गर्दछ । साथै, बिग्रँदो आर्थिक व्यवस्था र बढ्दो महंगीमा अति गरिब र सीमान्तकृत वर्गलाई राहत र संरक्षण गर्न पनि माग गर्दछौं । मिति : २०७९/०२/१० अर्जुन भट्टराई, महासचिव राम प्रसाद सुवेदी, अध्यक्ष
समाचारराष्ट्रिय
