आवधिक निर्वाचन र वालिग मताधिकार लोकतन्त्रका आधारभूत तत्वहरु हुन् । यस अन्तर्गत गैरसरकारी संस्था महासंघ निरन्तर सक्रिय छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई स्वच्छ , निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन यस महासंघले कार्य गरिरहेको छ । यस निर्वाचनको पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट अनुमति प्राप्त गरी महासंघको तर्फबाट १०० जना पर्यवेक्षकहरु परिचालन हुँदैछन् । यस सन्दर्भमा विभिन्न स्रोत सामग्री तथा सूचनाहरु निम्न बमोजिम रहेका छन्ः स्थानीय तह निर्वाचन २०७९ र नागरिक समाज तथा सामाजिक संघसंस्था (स्रोत पुस्तिका) स्थानीय तह सदस्य निर्वाचन २०७९ को पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट प्राप्त अनुमति पत्र निर्वाचन पर्यवेक्षक निर्देशिका , २०७८ निर्वाचन आचारसंहिता २०७८ स्थानीय तह निर्वाचन सम्बन्धी कानूनी व्यवस्था (निर्वाचन आयोगको प्रस्तुती) निर्वाचन आचारसंहिता (आयोगको प्रस्तुती) पर्यवेक्षणका लागि गैर सरकारी संस्था महासंघद्वारा परिचालित निर्वाचन पर्यवेक्षकहरुको सूची निर्वाचन पर्यवेक्षण प्रतिवेदन फाराम (PDF) निर्वाचन पर्यवेक्षण प्रतिवेदन फाराम (Online) निर्वाचन सम्बन्धी थप जानकारी ऐन तथा नियमावलीका लागि निर्वाचन आयोगको वेवसाइट हेर्नुहोला ।
सूचनाराष्ट्रिय
