Skip to main content
← सूचीमा फर्कनुहोस्

सूचनाराष्ट्रिय

जन अंकपत्र (People’s Score Card) सर्वेक्षण

संस्करण 1

जन अंकपत्र (People’s Score Card) सर्वेक्षण

आदरणीय सहभागीहरु , दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन र अनुगमनमा नागरिक समाज र संघसंस्थाहरुको महत्वपूर्ण भूमिका रहन्छ । दिगो विकास लक्ष्यमा नागरिक सहभागिता र नागरिक अनुगमन गर्ने विभिन्न विधिमध्ये जन अंकपत्र (पिपुल्स स्कोरकार्ड) एक हो । यस अन्तर्गत व्यक्तिगत बुझाइ र मूल्यांकनका आधारमा दिगो विकास लक्ष्य र तिनका सूचकहरुलाई अंक दिएर मूल्यांकन गरिन्छ । जन आवाज र दृष्टिकोण संकलन गर्न यो विधि उपयोगी भएको छ । यस प्रक्रियाले सहभागीहरुको जागरुकता र क्षमता निर्माणमा पनि योगदान पु - याउँछ । प्रत्येक लक्ष्यको मूल्यांकनका लागि केही आधारहरु तय गरिएको छ । यस सर्वेक्षणको माध्यमबाट नागरिक समाजबाट तथ्याङ्क संकलन गरी दिगो विकास लक्ष्यहरुको उपलब्धि वा असफलताहरुको सन्दर्भमा जनस्तरको बुझाई र मूल्यांकन अनुमान गर्ने प्रयास गरिएको छ र सर्वेक्षणको निश्कर्षका आधारमा कार्यहरु तय गरिने छ । विभिन्न देशका नागरिक संगठनहरुले यो विधि अभ्यास गरेका छन् । नेपालमा गैरसरकारी संस्था महासंघले केही वर्षदेखि नेपाल दिगो विकास मंच (Nepal SDGs Forum) को तर्फबाट अगुवाइ गरिरहेको छ । यस नागरिक स्‍कोरको प्रक्रियामा सहभगिता जनाई आफ्नो बुझाई र धारणाहरु प्रतिबिम्बित गर्नुहोला ।यस सर्वेक्षणबाट प्राप्त हुने व्यक्तिगत तथा संस्थागत सूचना यस सर्वेक्षणको समग्र निश्कर्षको सन्दर्भमा मात्र प्रयोग गरिनेछ । सर्वेक्षण निर्देशनहरु १. १६ वटा दिगो विकास लक्ष्यहरु (लक्ष्य १४ बाहेक) को लागि फरक फरक सर्वेक्षण फारमहरु रहेका छन् । २. कुनै एक वा एकभन्दा बढी लक्ष्यहरुको मूल्यांकनमा सहभागी हुन सकिन्छ । सकेसम्म धेरै लक्ष्यहरुको सर्वेक्षण फाराम भर्न अनुरोध गरिएको छ । ३. मूल्यांकनका लागि -५ (माइनस पाँच) देखि +५ (प्लस पाँच) को स्केल तय गरिएको छ। ४. मूल्याङ्कनको प्रत्येक विकल्प पछि कमेन्ट बक्समा नकारात्मक वा सकारात्मक व्याख्या गर्न सक्नुहुन्छ । ५ . Submit थिचेपछि सर्वेक्षण हामीलाई प्राप्त हुनेछ र पुनः सम्पादन गर्न सकिने छैन । सर्वेक्षण शुरु गर्नका लागि तलका लक्ष्य मध्ये कुनै एकमा क्लिक गर्नुहोस। अर्को लक्ष्यको सर्वेक्षणमा भाग लिन पुन: यहि पेजमा फर्कनुहोस । लक्ष्य १ : सबै क्षेत्रबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने ( No Poverty) लक्ष्य २ : भोकमरीको अन्त्य गर्ने , खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चित गर्ने र दिगो कृषि प्रवर्धन गर्ने (Zero Hunger) लक्ष्य ३ : सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवनस्तर प्रवर्धन गर्ने (Good Health and Well-Being) लक्ष्य ४ : समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरहरुको प्रवर्धन गर्ने (Quality Education) लक्ष्य ५ : लैंगिक समानता हासिल गर्ने र सबै महिला , किशोरी र बालिकालाई सशक्त बनाउने (Gender Equality) लक्ष्य ६ : सबैका लागि स्वच्छ खानेपानी र सरसफाइको उपलब्धताका साथै यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने (Clean Water and Sanitation) लक्ष्य ७ : किफायती , विश्वसनीय , दिगो र आधुनिक ऊर्जामा सबैका लागि पहुँच सुनिश्चित गर्ने ( Affordable and Clean Energy) लक्ष्य ८ : भरपर्दो , समावेशी र दिगो आर्थिक वृद्धि तथा सबैका लागि पूर्ण र उत्पादनशिल रोजगारी र मर्यादित कामको प्रवर्धन गर्ने (Decent Work and Economic Growth) लक्ष्य ९ : उत्थानशील पूर्वाधारको निर्माण , समावेशी र दिगो औद्योगीकरणको प्रवर्धन र नवीन खोजलाई प्रोत्साहन गर्ने ( Industry, Innovation and Infrastructure) लक्ष्य १० : मुलुकभित्र तथा मुलुकहरु बीचको असमानता घटाउने ( Reduced Inequalities) लक्ष्य ११ : सहर तथा मानव बस्तिहरु समावेशी , सुरक्षित , उत्थानशील र दिगो बनाउने ( Sustainable Cities and Communities) लक्ष्य १२ : दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने ( Responsible Consumption and Production) लक्ष्य १३ : जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न तत्काल पहल थाल्ने (Climate Action) लक्ष्य १५ : पारिस्थितिकीय प्रणालीको संरक्षण , पुनर्स्थापना र दिगो उपयोगको प्रवर्धन गर्ने , वनको दिगो व्यवस्थापन गर्ने , मरुभूमीकरण र भूक्षय रोक्ने तथा जैविक विविधताको संरक्षण गर्ने ( Life on Land) लक्ष्य १६ : दिगो विकासका लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवर्धन गर्ने , सबैको न्यायमा पहुँच प्रदान गर्ने र सबै तहमा प्रभावकारी , जवाफदेही र समावेशी संस्था निर्माण गर्ने ( Peace, Justice and Strong Institutions) लक्ष्य १७ : दिगो विकासका लागि विश्वव्यापी साझेदारी सशक्त बनाउने र कार्यान्वयनका लागि स्रोत साधन सुदृढ गर्ने ( Partnerships for the Goals)